महोत्तरीको भङ्गहा नगरपालिकाका बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
इसीमाना सम्वाददाता
२०८३ जेठ ३१ गते ०९: २० मा प्रकाशित
180 पटक पढिएको
बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आइतवार घर हस्तान्तरण गरिएको छ ।
गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गररी हस्तान्तरण गरिएको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले नगरभित्र सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत बाढी पीडित परिवारलाई निर्माण सामग्री सहयोग गरी घर बनाएर सम्बन्धित व्यक्तिलाई हस्तान्तण गरेको हो ।
भङ्गहा ४ स्थित थारुटोलमा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।
७३ वटा घर १ करोड १ लाख ७१ हजार ५ सय ७४ को लागतमा निर्माण गरिएको हो । ७३ वटा घरबाट ३ सय ७५ जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया