logo

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०८३ जेठ २८ गते ०३: ५८ मा प्रकाशित     183   पटक पढिएको

                                                                                   तस्विरः एआई जेनरेटेड हो ।

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

 

भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए  ।

 

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५  बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको हो ।

 

     जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा हवाई उडानसम्बन्धी कार्यविधिबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको ड्रोन क्यामेरा नेपाल नागरिक उड्यन प्राविधिकरणको जोमसम शाखा कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

 

      ड्रोन क्यामेरा उडान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको हुनुपर्ने तथा मुस्ताङमा अन्नपूर्ण सरक्षित क्षेत्र भएकाले ड्रोन क्यामेरा उडानका लागि जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान रहेको छ  । त्यस्तै जोमसोम विमानस्थल क्षेत्रको मापदण्डभित्र पर्ने दूरीमा ड्रोन उडाइएकाले त्यस नियमको समेत उल्लङ्घन भएको प्रहरीको भनाइ छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.