logo

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

 इसीमाना सम्बाददाता     २०८३ जेठ १६ गते ११: ५३ मा प्रकाशित     351   पटक पढिएको

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

 

गत ११ गते बन कर्मचारीले गरेका अमर्यादित र अबैध ब्यबहारका कारण उत्पन्न भएको परिस्थितिको कारण राज्य पक्षले गल्ती स्वीकार गर्दै माफी माग्दा समेत आफुहरुलाई बिभिन्न आरोप लगाएर दोषारोपण हुने खालको सन्देश प्रबाह भएकोमा आपत्ति जनाएका हुन ।

 

हिजो बर्दिवास स्थित होटल गौतममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के. सी .लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, सदस्य त्रिलोकी यादब पिहतका पत्रकारहरुसंग  उनीहरुले यस्तो गुनासो गरेका हुन ।   

 

    सो अवसरमा होटल तथा पर्यटन ब्याबसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्लाका अध्यक्ष गुञ्जबहादुर कार्की र प्रदेश तथा जिल्लाका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

 

 गत ११ गतेको घटनामा स्थानीय ब्यवसायीले बन कर्मचारीलाई बन्धक बनाई पेट्रोल छर्केर मार्ने प्रयास गरेको भन्दै अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएकोमा गुनासो गरेका ब्यवसायीहरुले सत्य लुकाएर बर्दिवास र त्याहाका नागरिकलाई बदनाम गर्न खोजिएको बताए ।

 

उनीहरुले पत्रकार आचार संहिताको समान्य मर्मलाई ख्याल नगरि सम्प्रेषित समाचार अरु नै कुनै स्वार्थबाट प्रेरीत भएको दावी गरेका छन । 

होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले घटनाको बिषयमा  प्रेस बिज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजानकी समेत गरेको छ । 

    महोत्तरी जिल्लाका अध्यक्ष गुञ्जबहादुर कार्कीले हस्ताक्षर गरि जारी गरेको बिज्ञप्तीमा कालापानीमा भएको आन्दोलत पछि बर्दिबासमा रहेको पानस होटल र भण्डारी होटलका संचालक माथि गरिएको दोषारोपणसहितको समाचार केही मिडियामा आउनु भनेको सत्यलाई लुकाउने र भ्रम सृजना गर्ने खालको भएको हुनाले गम्भिर आपत्ती जनाइएको छ ।

0520108181.jfif

0520057142.jfif

 

बिज्ञप्तीमा १२ गते बर्दिबासका नपाका जन प्रतिनिधि, सुरक्षाकर्मी सरकारी अधिकारी समेतको सहभागितामा सम्पन्न भएको बैठकले बन कर्मचारीले बेलुकाको समयमा घरमा पुगी लाल पुर्जा माग गर्ने र दशर्कौं देखि बसोबास गरेको घरमा खाली गर्न दिएको धम्की  गल्ती भएको स्बीकार गर्दै जिल्ला बन कार्यालयका  प्रमुख अजय मिश्रले माफी माग्दा समेत आफुहरु माथि अनेक खालको आरोप लगाइ  चरित्र हत्या भएको कुरा उल्लेख गरिएको छ ।

 

त्यस्तै अनावश्यक भ्रम सृजना हुने र बन कार्यलयमा कार्यरत ७ जना कर्मचारीलाई जिउँदै जलाएर हत्या गर्न खोजिएको भनी समाजिक संजालमा गरिएको  पोष्टप्रति समेत गम्भिर आपत्ति जनाउँदै दोषी माथि कारवाहीका्े माग समेत गरिएको छ।

 

यसैबीच होटल तथा पर्यटन ब्याबसायी संघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका हिरा लाल गौतमले राज्यले गल्ती स्वीकार गर्दा पनि ब्याबसायी र होटलहरुलाई पुर्वाग्रहपूर्ण रुपमा आरोप लगाइनुको कारणको खोजी  राज्यले गर्नुपर्ने बताएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.