बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षिय बालक गौतम यादव सात दिन देखी बेपत्ता छन ।
उनी घरबाट जेठ ७ गते बिहान करिब ६ बजे जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ्ग स्कुल जान्छु भनी हिडेका थिए ।
गौतम थरुवाही गाउँका आशुतोष यादव र पुनमाया यादवका छोरा हुन् ।
विद्यालय समय सकेर गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयले जवाफ दिएको थियो ।
छोराको सात दिन देखी अत्तोपत्तो नलागेपछि उनी अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजी गर्न माँग गर्दै निवेदन दर्ता गराएका छन ।
तपाईको प्रतिक्रिया