logo

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

 इसीमाना सम्वाददाता     २०८३ जेठ १२ गते ०२: ४१ मा प्रकाशित     63   पटक पढिएको

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

 

पर्सा जिल्ला अदालतमा उनीविरुद्ध दायर भएको मुद्दामाथि आज (मंगलबार) भएको थुनछेक बहसपछि अदालतले प्रसाईंलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

 

 

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनलाई   थुनामा राखिरहनु नपर्ने ठहर गर्दै मुद्दाको किनारा नलागेसम्मका लागि तारेखमा राखेरै कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको अदालत स्रोतले पुष्टि गरेको छ ।

 

अदालतको यो आदेशसँगै प्रसाईंविरुद्ध परेको मुद्दामा अब उनले  थुनाबाहिरै रहेर पुर्पक्ष गर्न पाउने कानुनी बाटो खुलेको छ । उनी माथि लागेको आरोप र दर्ता भएको मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै न्यायाधीश रेग्मीको इजलासले दुवै पक्षको बहस सुनेपछि न्यायिक हिरासतमा राख्नु नपर्ने निष्कर्ष निकालेको हो ।

 

अदालतको यस आदेशसँगै उनका  समर्थकहरूले राहत महसुस गरेका छन् भने अनुसन्धान अधिकारीहरूले अब तारेखमै राखेर बाँकी प्राविधिक तथा कानुनी अनुसन्धानलाई निरन्तरता दिने भएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सशस्त्र प्रहरी बलद्वारा विपन्न एकल दलित महिलालाई घर हस्तान्तरण

वीरगंज ।  सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिका–२२ मनिहारिमा बसोबास गर्दै आएकी विपन्न एकल दलित महिलालाई उनकै जग्गामा नवनिर्मित घर हस्तान्तरण गरिएको छ  ।

एकै दिन नदीमा डुवेर महोत्तरीमा  चार बालिकाको मृत्यु

बर्दीवास ।  महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.