वीरगंज । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिका–२२ मनिहारिमा बसोबास गर्दै आएकी विपन्न एकल दलित महिलालाई उनकै जग्गामा नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भई कष्टकर जीवनयापन गर्न बाध्य ती महिलाको दयनीय अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर कायाृलय पर्साले, सम्बन्धित वडाका वडाध्यक्ष तथा सहयोगी व्यक्तिहरूको प्रयासमा ,सशस्त्र प्रहरी बल, नेपालको जनशक्ति परिचालन गरी घर निर्माण कार्य सम्पन्न गरिएको हो।
वर्षौंदेखि असुरक्षित तथा अस्थायी टहरामा बस्दै आएकी ती महिलालाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको घर आज हस्तान्तरण गरिएको छ।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न, असहाय तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि विभिन्न जनसेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नवनिर्मित घर प्राप्त गरेपछि सम्बन्धित महिलाले सुरक्षित आवासको सपना पूरा भएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेको १३ नम्बर हेडक्वार्टरका सूचना अधिकारीसशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया