logo

सशस्त्र प्रहरी बलद्वारा विपन्न एकल दलित महिलालाई घर हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०८३ जेठ १० गते ०८: ५५ मा प्रकाशित     339   पटक पढिएको

वीरगंज ।  सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिका–२२ मनिहारिमा बसोबास गर्दै आएकी विपन्न एकल दलित महिलालाई उनकै जग्गामा नवनिर्मित घर हस्तान्तरण गरिएको छ  । 

 


आर्थिक अवस्था कमजोर भई कष्टकर जीवनयापन गर्न बाध्य ती महिलाको दयनीय अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर कायाृलय पर्साले, सम्बन्धित  वडाका वडाध्यक्ष तथा सहयोगी व्यक्तिहरूको प्रयासमा ,सशस्त्र प्रहरी बल, नेपालको जनशक्ति परिचालन गरी घर निर्माण कार्य सम्पन्न गरिएको हो।


वर्षौंदेखि असुरक्षित तथा अस्थायी टहरामा बस्दै आएकी ती महिलालाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको घर आज  हस्तान्तरण गरिएको छ।

 

सशस्त्र प्रहरी बलले सीमा सुरक्षासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न, असहाय तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि विभिन्न जनसेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको  छ।


नवनिर्मित घर प्राप्त गरेपछि सम्बन्धित महिलाले सुरक्षित आवासको सपना पूरा भएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेको १३ नम्बर हेडक्वार्टरका  सूचना अधिकारीसशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.