logo

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध

 इसीमाना सम्बाददाता     २०८३ जेठ ८ गते ०८: ५२ मा प्रकाशित     250   पटक पढिएको
जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ । 
 
 
मधेस प्रदेश जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयका निमित प्रमुख एवं इञ्जिनियर अमलेश यादवका अनुसार  धनुषा जिल्लाको औरही वडा नं १ को पौडेश्वर, औरही वडा नं २ को परवाहा, नगराइनको फूलगामा तथा महोतरीको पिपरा गाउँपालिकाको बनौली, मटिहानीको धिरापुर, मनरासिस्वाको सरपल्लो, बर्दिवासको पशुपतिनगर, जलेश्वरको पिगौना तथा वलवा नगरपालिकाको  वडा नं –११ मा ती ट्रान्सफर्मर चोरी भएको हो । 
 
 
एउटा ट्रान्सफर्मर जडान गर्दा  छ लाख पर्ने उनको भनाइ छ ।  विगत तीन वर्षमा ती ट्रान्सफर्मर चोरी भएका हुन् । ट्रान्सफर्मरमा तामाको क्वायल जडान हुने र सोही कारण चोरी हुने गरेको बताइएको छ । 
 
 
डिभिजन कार्यालयद्वारा धनुषा तथा महोतरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युववेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा भइरहेको छ ।
 
650 KVA Oil Immersed Distribution Transformer, Three Phase, Industrial  Power Equipment : Amazon.in: Electronics
चालू आर्थिक वर्षमा १०० वटा पावरड्रिल जडान गर्ने योजना रहेको तर बजेट कटौतीले समस्या भएको निमित्त प्रमुख यादवले बताए  । 
 
 
एउटा डिपटयुवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोतरी तथा धनुषा जिल्लामा हालसम्म ३५ वटा डिपटयुवेल जडान भएका छन् ।
 
 
एउटा डिपटयुवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म  एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ । 
 
 
 एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँचाइ हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख लाग्ने गरेको छ ।
 
 
अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा  एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षयता ८१ पावरड्रिल निर्माण गरिएको छ । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.