सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध
इसीमाना सम्बाददाता
२०८३ जेठ ८ गते ०८: ५२ मा प्रकाशित
67 पटक पढिएको
जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।
मधेस प्रदेश जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयका निमित प्रमुख एवं इञ्जिनियर अमलेश यादवका अनुसार धनुषा जिल्लाको औरही वडा नं १ को पौडेश्वर, औरही वडा नं २ को परवाहा, नगराइनको फूलगामा तथा महोतरीको पिपरा गाउँपालिकाको बनौली, मटिहानीको धिरापुर, मनरासिस्वाको सरपल्लो, बर्दिवासको पशुपतिनगर, जलेश्वरको पिगौना तथा वलवा नगरपालिकाको वडा नं –११ मा ती ट्रान्सफर्मर चोरी भएको हो ।
एउटा ट्रान्सफर्मर जडान गर्दा छ लाख पर्ने उनको भनाइ छ । विगत तीन वर्षमा ती ट्रान्सफर्मर चोरी भएका हुन् । ट्रान्सफर्मरमा तामाको क्वायल जडान हुने र सोही कारण चोरी हुने गरेको बताइएको छ ।
डिभिजन कार्यालयद्वारा धनुषा तथा महोतरी जिल्लाको ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युववेल तथा पावरड्रिलबाट सिँचाइ सुविधा भइरहेको छ ।
चालू आर्थिक वर्षमा १०० वटा पावरड्रिल जडान गर्ने योजना रहेको तर बजेट कटौतीले समस्या भएको निमित्त प्रमुख यादवले बताए ।
एउटा डिपटयुवेलबाट ४० बिघा खेत सिञ्चित हुने गरेको छ । महोतरी तथा धनुषा जिल्लामा हालसम्म ३५ वटा डिपटयुवेल जडान भएका छन् ।
एउटा डिपटयुवेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म एक करोडभन्दा बढी रकम लाग्ने गरेको छ ।
एउटा पावरड्रिलबाट नौ बिघा जमिनमा सिँचाइ हुने गरेको छ । एउटा पावरड्रिल निर्माणदेखि सञ्चालनसम्ममा १६ लाख लाग्ने गरेको छ ।
अहिलेसम्म ५० वटा पावरड्रिल निमार्णमा एक करोड २९ लाख ६० हजार खर्च भएको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षयता ८१ पावरड्रिल निर्माण गरिएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
गोबजार । नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया