logo

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

 इसीमाना सम्वाददाता     २०८३ जेठ ३ गते ०७: १६ मा प्रकाशित     87   पटक पढिएको

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा धेरै सामाजिक अपराधसँग सम्बन्धित रहेका छन्, जसको संख्या ३९ पुगेको छ।

 

यसैगरी महिला तथा बालबालिका सम्बन्धी २६ वटा, चोरीका ९ वटा, आत्महत्याका ८ वटा, सङ्गठित तथा आर्थिक अपराधका ९ वटा, ज्यान सम्बन्धी २ वटा र सवारी ज्यानका २ वटा मुद्दा दर्ता भएका छन्।

 

अन्य विभिन्न प्रकृतिका ४९ वटा अपराधका घटना दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ।

 

 यस अवधिमा कर्तव्य ज्यान, हातहतियार र मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका अपराध नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक लागेको छ।

 

आर्थिक अपराध अन्तर्गत बैंकिङ् कसूरका ३३ वटा, ठगीका ६ वटा र जुवातासका ३ वटा गरी कुल ४२ वटा घटना दर्ता भएका छन्।

 

अपराध अनुसन्धान र कानुनी दायरामा ल्याउने क्रममा प्रहरीले फरार तथा चालु मुद्दाका प्रतिवादीहरूलाई समात्ने कार्यमा ठूलो सफलता हासिल गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने मातहतका प्रहरी इकाइहरूले विभिन्न मुद्दामा संलग्न रहेका १०६ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएका छन्।

सार्वजनिक चासोका रूपमा रहेका र लामो समयदेखि थन्किएका पेण्डिङ्ग मुद्दाहरूको अनुसन्धानलाई पनि प्रहरीले तिव्रता दिएको जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सेस्मी इन्टरनेशनल स्कुलद्वारा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.