logo

सेस्मी इन्टरनेशनल स्कुलद्वारा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

 इसीमाना सम्वाददाता     २०८३ जेठ १ गते ११: ०४ मा प्रकाशित     41   पटक पढिएको

वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

 


विद्यालय परिसरमा  आयोजित एक विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ६ का चन्दन साह र कक्षा ५ की करिश्मा कानुलाई साइकल हस्तान्तरण गरिएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै अन्य निजी तथा सामुदायिक विद्यालयहरूले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता प्रेरणादायी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो ।

 


विद्यालयकी प्रधानाध्यापिका एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन आशमा सिंह यादवले शिक्षासँगै विद्यार्थीहरूको नियमित उपस्थिति र समयपालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिइने बताएकी थिइन् ।

 

 उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यालयले विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएकी थिइन् ।


साइकल प्राप्त गरेपछि विद्यार्थीहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै यसले पढाइप्रति थप उत्साह र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए । टाढाबाट विद्यालय आउने विद्यार्थीहरूलाई विशेष रूपमा राहत पुगेको अभिभावकहरूले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

तराई हस्पिटल भित्रको क्यान्टिनलाई ५० हजार जरिवाना,होटेलहरुलाई गुणस्तीय सेवा दिन निर्देश

वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।

वैशाख महिनामा पाथीभरामा  एक करोड छ लाख भेटी संकलन

तापलेजुङ्ग । पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.