तापलेजुङ्ग । पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।
वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।
गत चैतमा ५८ लाख ५७ हजार ५ सय र फागुनमा ३१ लाख १० हजार सङ्कलन भएको थियो ।
तपाईको प्रतिक्रिया