logo

तीन नम्बर पुलमा २५/२५ मिटर छाडेका ब्यवसायीहरुको बाँकी रहेको संरचना पनि भत्काइयो

 इसीमाना सम्वाददाता     २०८३ जेठ १ गते ०३: २६ मा प्रकाशित     255   पटक पढिएको

वीरगंज। त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–पथलैया सडकखण्डको तीन नम्बर पुल आसपासका घरटहरा र होटलहरू डिभिजन वन कार्यालय बाराले हटाएको छ ।

 

 शुक्रबार बिहान वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन सडक कार्यालय हेटौंडा तथा सुरक्षाकर्मीको संयुक्त टोलीले डोजर प्रयोग गरेर संरचना हटाएको हो ।


डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झालृ  उक्त क्षेत्र वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत संरचना हटाइएको बताए ।

 

उनले यसअघि पटक–पटक माइकिङ र लिखित सूचना दिँदा पनि अटेर भएपछि डोजर चलाउनुपरेको बताए । तर, विस्थापित व्यवसायीहरूले भने आफूहरूमाथि अन्याय भएको बताएका छन् ।

 

उनीहरूका अनुसार सडक विभागको सूचनापछि राजमार्गको दुवैतर्फको २५–२५ मिटर सडक सीमा आफूहरूले पहिल्यै खाली गरिसकेका थिए । 

 

त्यसपछि पनि सडक सीमाभन्दा बाहिर रहेका संरचनामा डोजर चलाइएको भन्दै उनीहरूले विरोध जनाएका छन् । स्थानीय व्यवसायीहरूका अनुसार २०४५ सालदेखि सञ्चालनमा रहेका होटल तथा पसलहरू अचानक हटाइँदा ठूलो आर्थिक क्षति भएको छ ।

 

 तीन नम्बर पुल क्षेत्र लामो समयदेखि यात्रुहरूको विश्रामस्थल र व्यावसायिक केन्द्रका रूपमा परिचित थियो । करिब ७० भन्दा बढी होटल व्यवसायी विस्थापित भएपछि धेरै स्थानीय परिवारको रोजीरोटी संकटमा परेको छ ।

 

 यता वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान आगामी दिनमा पनि जारी रहने जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.