logo

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

 इसीमाना सम्वाददाता     २०८२ माघ १ गते ०७: ५८ मा प्रकाशित     654   पटक पढिएको

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रम जोन चेयरपर्सन लायन डा. लक्ष्मी थापाको पहलमा आयोजना गरिएको हो। मोतियाबिन्दु शल्यक्रिया गराएका जगतपुरका ५३ जना बिरामीहरूलाई कम्बल वितरण गरिएको आयोजकले जनाएको छ।

 

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगरका अध्यक्ष लायन सुरेश रुङ्ग्टाले गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे तथा लायन्स क्लब पोखरियाका अध्यक्ष लायन नेजामुदिन समानीको विशेष उपस्थिति रहेको थियो।

 

कम्बल वितरण कार्यक्रममा डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना प्रमुख अतिथि तथा डिस्ट्रिक्ट चिफ लायन श्याम गुप्ता, डिस्ट्रिक्ट चिफ लायन गुड्डी जोशी र डिस्ट्रिक्ट चिफ लायन चन्द्रशेखर प्रसाद कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

 

साथै जोन चेयरपर्सन लायन डा. लक्ष्मी थापा, डा. मनोज गुप्ता, जोन चेयरपर्सन लायन दिगम्बर गुप्ता, लायन्स क्लब प्रभुका अध्यक्ष लायन निरञ्जन साह, लायन्स क्लब पोखरियाकी उपाध्यक्ष लायन आशा देवी र लायन्स क्लब प्रभुकी लायन सरिता सिंह लगायतको सहभागिता रहेको थियो।

 

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ वीरगञ्ज परिवारका उपाध्यक्ष लायन दिगम्बर थापाले गरेका थिए। कार्यक्रममा विभिन्न समाजसेवी व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.