logo

छठ पर्वको मूख्य दिन आज  ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १० गते ०२: २३ मा प्रकाशित     86   पटक पढिएको

वीरगंज । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै विधिपूर्वक अर्घ्य अर्पण गरिँदैछ।

 

बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरू बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने प्रथा अनुसार व्रत विधि सम्पन्न गर्दै छन्। शनिबार कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु भएको यो पर्व सप्तमीसम्म निरन्तर पूजापाठका साथ मनाइन्छ।

 

छठ पर्व सूर्यदेवको आराधना, उपासना र कृतज्ञताको पर्वका रूपमा मनाइन्छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यही समयदेखि यो पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ।

 

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यसपछि नै ‘छठ पर्व’ मनाउने परम्परा सुरु भएको उल्लेख पाइन्छ।

 

सूर्यलाई ऊर्जा र जीवनको मूल स्रोतका रूपमा मानिएको छ । सूर्यबिनाको संसार असम्भव ठानिन्छ — रुख, बिरुवा, प्राणी, जीवजन्तु सबैको अस्तित्व सूर्यकै किरणमा निर्भर छ। वैदिक ग्रन्थहरूमा सूर्य किरणको औषधीय महत्वको विस्तृत व्याख्या गरिएको छ। साम्ब पुराण अनुसार भगवान् श्रीकृष्णका पुत्र साम्बले सूर्यको आराधना गरेर कुष्ठरोगमुक्त भएको उल्लेख पाइन्छ।

 

जनविश्वास अनुसार छठ व्रतले दुःख–दारिद्रताबाट मुक्ति दिलाउँछ र परिवारमा सुख–समृद्धि ल्याउँछ। झुप्पा–झुप्पा फलफूल, ठकुराईका परिकार र पवित्र प्रसाद अर्पण गर्दा सूर्यदेव प्रसन्न भई सन्तान र कुटुम्बको कल्याण गर्छन् भन्ने मान्यता छ।

 

व्रत नबस्न सक्नेले पनि अन्य व्रतालुहरूबाट मनोकामना पूरा गराउने चलन रहेको छ। आर्थिक रूपमा विपन्नहरूले समेत भिक्षा मागेर वा सानो–सानो तरिकाले यो पर्व मनाउँछन्।

 

व्रतको सुरुवात चतुर्थीका दिन स्नान गरी एकछाक भोजन गरेर गरिन्छ। पञ्चमीका दिन खरना (सखर हालिएको खीर) षष्ठी मातालाई अर्पण गरी व्रतालुले प्रसादस्वरूप ग्रहण गर्छन्।

 

त्यसपछि षष्ठीका दिन कठोर निराहार व्रत बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने विधि रहन्छ। ब्रतालुहरु अस्ताउदो सूर्यलाई अर्घदिनकालागि जलाशय एवं पोखरिमा बनाईका छठघाटमा पुगेका छन ।

 

यसपछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य अर्पण गरेपछि व्रत समाप्त हुन्छ। धार्मिक विश्वास अनुसार यस विधिले चर्मरोग नलाग्ने र जीवनमा स्वास्थ्य, सौभाग्य र शान्ति प्राप्त हुने बताइन्छ।

 

विसं २०४६ अघिसम्म मुख्यतः तराई क्षेत्रमा सीमित यो पर्व अहिले राष्ट्रिय पर्वले राष्ट्रिय पर्वको रूप लिइसकेको छ। सोही वर्षदेखि सरकारले यस अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो।

 

राजधानीसहित देशभरका नदीघाटहरू  सजावट गरिएको छ। वीरगंजमा घडीअर्वा पोखरी ,मुर्ली पोखरी ,रानीघाटको सिर्सिया नदी लाईरुपमा सजावट गरिएको छ ।  व्रतालुहरू कार्तिक शुक्ल चतुर्थीदेखि नै सात्विक भोजन, चोखो खानपान र आत्मसंयमका साथ व्रत बस्दै आएका छन्।

 

कसैकसैले त कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ त्याग गरी सात्विक जीवनशैली अपनाउँछन्। त्यसैले पनि छठ आज सर्वाधिक पवित्र र अनुशासित पर्वका रूपमा स्थापित भएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.