logo

छठ पर्वको दोस्रो दिन आज ‘खरना मधेश लगायत देशभरी आत्मशुद्धिका साथ मनाइदै

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ९ गते ०९: ०५ मा प्रकाशित     346   पटक पढिएको

वीरगंज ।  मधेश प्रदेश लगायत देशभर आइतवार छठ पर्वको दोस्रो दिन बर्तालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्।

 

 

शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुहरुले  आज पञ्चमी तिथिमा आत्मशुद्धि र निष्ठाको प्रतीक मानिने ‘खरना’को तयारीमा जुटेका हुन्।

परम्पराअनुसार बर्तालुले आइतवार बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन्।

 

साँझ चन्द्रदर्शनपछि माटोको नयाँ चुल्होमा सक्खर, दूध र चामल मिसाएर खिर पकाई केराको पातमा राखी छठी देवी र कूलदेवतासँग पूजा गरी प्रसादस्वरूप ग्रहण गर्ने चलन छ। यस विधिलाई  ‘खरना’ भनिन्छ।


छठको मुख्य व्रत भने भोलि सोमबार (कात्तिक शुक्ल षष्ठी)का दिन सम्पन्न हुनेछ। सो दिन बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन। त्यसपछि मंगलबार बिहान (सप्तमी तिथिमा) उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य  दिई व्रत समापन गर्ने परम्परा छ।

 

छठमा तयार गरिने प्रसाद — ठेकुवा, भुसुवा, र अन्य मिष्टान्न — ढिकी(जाँतोमा कुटिएको पीठोबाटै बनाइन्छ। यी प्रसाद आफन्त, नातेदार र इष्टजनहरूमा बाँड्ने  परम्परा छ।


त्यस्तै, अर्घ्य दिने जलाशयका घाटहरू आकर्षक ढङ्गले सजाइने र सफाइलाई विशेष प्राथमिकता दिइने गर्छ।

 

पहिले मधेसी समुदायमा सीमित छठ पर्व पछिल्ला वर्षमा देशभर साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ। छठ अहिले धर्म, संस्कृति र वर्गपिच्छे सबै समुदायले मनाउने साझा आस्थाको पर्व बनेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

महोत्तरीको भङ्गहा नगरपालिकाका बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

बर्दिवास । महोत्तरी  जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आइतवार घर हस्तान्तरण गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.