logo

छठ पर्वमा घडिअर्वा पोखरीमा डेढ लाख भक्तजन आउने अनुमान, सुरक्षा व्यवस्था कडा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ८ गते ०६: ०४ मा प्रकाशित     553   पटक पढिएको

वीरगन्ज । छठ पर्वका अवसरमा वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिएको छ।

 

यसलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायहरूले पूर्ण सुरक्षा तयारीका साथ चाड मनाउने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

 

शनिबार घडिअर्वा छठपूजा व्यवस्थापन समितिद्वारा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूले सम्भावित जोखिम न्यूनीकरण, भीड नियन्त्रण र आकस्मिक उद्धारका लागि प्रभावकारी योजना लागू गर्ने निर्णय गरेका हुन्।

 

 समितिका अनुसार यस वर्ष करिब १ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्न घडिअर्वा पोखरीमा आउने अनुमान गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले भीड व्यवस्थापनलाई सर्वाधिक प्राथमिकता दिइएको बताउँदै, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए।

 

प्रहरी उपरीक्षक सुदीपराज पाठकले स्वयंसेवकहरूसँग समन्वय गर्दै पोखरी परिसरमै एक प्रहरी अधिकृतको नेतृत्वमा कन्ट्रोल रुम स्थापना गरिने बताए। उनका अनुसार घटनामा तत्काल प्रतिक्रिया दिन सकियोस् भनेर २० भन्दा बढी सीसीटीभी क्यामेरा सक्रिय गरिनेछ।

 

सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पोखरीको जल क्षेत्रलाई ध्यानमा राख्दै मोटरेबल बोटसहितको सुरक्षा टोली, महिला सुरक्षाकर्मी र गोताखोरहरू तयारी अवस्थामा रहने जानकारी दिए।

 

छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले विगतका अनुभवका आधारमा यस पटक सजगता र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाइएको बताए।

 

उनका अनुसार, सुरक्षासँगै घाटको सरसफाइ, बिजुली बत्तीको व्यवस्था र जनसहभागिता सुनिश्चित गर्न पनि विशेष समन्वय गरिएको छ।

 

सुरक्षा उपसमितिकी मुना साहले घडिअर्वा स्पोर्ट्स क्लबका ६० जना प्रशिक्षित स्वयंसेवक खटाइने जानकारी दिइन्। त्यस्तै प्रभाकर गुप्ताले छठघाट नजिकै एम्बुलेन्स, दमकल र प्राथमिक उपचार केन्द्र उपलब्ध गराइने बताए।

 

बैठकमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, वडा प्रतिनिधि, ट्राफिक प्रहरी, स्थानीय प्रहरी, क्लब पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थितिमा सुरक्षा योजना अन्तिम रूप दिइएको थियो।

 

सुरक्षा निकायहरूले छठ पर्वलाई धार्मिक आस्था र सामाजिक शान्तिको प्रतीक भन्दै भक्तजनहरूले निस्फिक्री र सुरक्षित वातावरणमा पूजा गर्न सक्ने सुनिश्चितता प्रदान गर्न सबै तयारी पूरा भइसकेको जनाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.