logo

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ७ गते ०२: ०३ मा प्रकाशित     394   पटक पढिएको

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते, मंगलबार पनि सार्वजनिक बिदा हुने जानकारी दिएको हो।

 

उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्तिअनुसार यो निर्णय २०८१ चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’मा समावेश २०८२ सालका थप बिदासम्बन्धी सूचनाको आधारमा गरिएको हो।

 

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गरी दुई दिन बिदा दिनुपर्ने माग बढिरहेका बेला प्रदेश सरकारले यसपटक सो मागलाई आंशिक रूपमा सम्बोधन गरेको हो।

 

यस निर्णयसँगै मंगलबार प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा अन्य निकायहरू बन्द रहनेछन्।

 

छठ पर्व विशेष गरी मिथिला तथा भोजपुरा  क्षेत्रका हिन्दू धर्मावलम्बी महिलाहरूले सूर्य देव र छठी मइयाको आराधना गर्दै अत्यन्त भक्तिपूर्वक र धूमधामका साथ मनाउने गर्छन्।

571117710_122241670460168032_8580659298793473299_n_YxObTTTq7g.jpg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.