चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।
बसको ब्याट्रीको तार सर्ट हुँदा आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगोले बस पूर्णरूपमा जलेर नष्ट भएको भए पनि कुनै पनि मानवीय क्षति भएको छैन।
घटनापछि राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया