logo

ग्रामीण वडाहरुको विकास विनामहानगरको विकास असम्भवः  महानगर प्रमुख सरावगी

      7/7/2021 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगीले ग्रामीण क्षेत्रका वडाहरुको समग्र विकास विना महानगरपालिकाको विकास असम्भव रहेको बताउनु भएको छ ।

 

वीरगन्ज महानगरपालिकाले वडा नम्बर २९ बसडिल्वामा बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले राखेको गुनासो र समस्याको बारेमा जवाफदिने क्रममा नगर प्रमुख विजयकुमार सरावगीले आफु निर्वाचित भएपछि नयाँ गाभिएका वडाहरुको विकासलाई प्राथामिकतामा राखेको बताउदै निर्वाचित भएयता ४ वर्षको कार्यकालमा ग्रामीण भेगका वडाहरुको पुर्वाधार विकासमा साधनश्रोतले भ्याए सम्म काम गरेको बताउनुभयो ।

 

नगर प्रमुखमा निर्वाचित भएपछि आपूmले ग्रामीणक्षेत्रका वडाहरुलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा बनाएकोभएपनि कमजोर पूर्वाधारलाई स्तरोन्नतीमा समय लागेकोले स्मार्ट सिटीको रुपमा विकास गर्न नसकिएको बताउनुभयो ।

 

उहाँले अबको बाकी १ वर्षको कार्यकालमापनि ग्रामीण भेगका वडाहरु आफनो प्राथमिकतामा रहने र पूर्वाधार संरचना निर्माण गरि  आगामी दिनमा ग्रामीण भेगका वडाहरुलाई आपूmले चाहे जस्तो स्मार्टसिटी बनाउन सहजहुने बताउनुभयो ।

 

बाढी र डुबानले बर्सेनि दुखदिदै आएको भेडाहा खोलामा स्थायी पक्की बाँध निर्माणकोलागि दुईतीन दिनमै टेण्डर प्रकृया शुरु हुने जानकारी दिदै यसकालागि महागरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा १० करोड ३८ लाख रुपैया विनियोजन गरिसकिएको उहाले बताउनुभयो ।महानगरपालिकाको बजेट र राष्ट्रिय योजना आयोगकको बजेटबाट भेडाहा खोलाको कटान नियन्त्रणका लागि २५ करोडको लागतमा स्थायी बाँधनिर्माण गरिने नगरप्रमुख सरावगीले वडावासीलाई आश्वासन दिनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २९ का स्थानीयवासीले चुनावमा जनपतिनिधीले गरेका वाचाअ हिले सम्मपनि पुरा गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले महानगरमा समाहितभएको वडा नम्बर २९ मा अहिले सम्मपनि स्वास्थ्य र शिक्षाको अवस्था दयनीयरहेको गुनासो गरेका थिए ।

 

कार्यक्रममा सहभागी स्थानीयवासीले वडा नम्बर २९ मा अहिले सम्म कालोपत्रे सडक नै नरहेको भन्दै यस तर्फ गम्भिर बनि दिन महानगर प्रमुख विजयकुमार सरावगीको ध्यानाकर्षण गराएका थिए । वडा नम्बर २९ मा तीन वटा गाँउ रहेको भन्दै स्थानीयले अहिले वर्षाका बेला तीन वटै गाउबिच सडक सम्पर्क विच्ेछद भएको गुनासो पनि गरेका थिए ।

 

उनीहरुले वडा कार्यालयमै मालपोत कर तिर्ने व्यवस्थागरि दिन माग पनि गरेका थिए । यस्तै वडामा सार्वजनिक शौचालय , नालाको व्यवस्थित सरसफाइ, गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शिक्षकको दरबन्दी थप गरि दिन पनि स्थानीयवासीले नगरप्रमख सरावगीसंग आग्रह गरेका थिए ।

 

भेडाहा खोलाले वर्षेनी कटान र डुबान गर्दै आएकाले यसको दीर्घकालीन सामधान गरिदिन पनि स्थानीयवासीले माग गरेका थिए । वडा अध्यक्ष धर्मेन्द्र महत्तो थारुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, शिक्षा महाशाखाप्रमुख अरविन्दलाल कर्ण, योजना महाशाखाप्रमुख राकेश साह, प्रशासन शाखा प्रमुखविकास मिश्र लगायतको उपस्थिति रहेको थियो ।समायन्तर मिडिया प्रा.लि.ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमा उक्त संस्थाका अध्यक्ष ओम प्रकाशखनालले सेवाग्राहीहरुबीचगरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गर्नु भएको थियो । 


महानगर प्रमुख सरावगीद्वारा विद्यालय भवन उदघाटन 


यसैवीस्च महानगरप्रमुख सरावगीले  महानगरपालिकाको वडा नम्बर १६ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय भवनको उद्घाटन गर्नुभएको छ ।

 

महानगर प्रमुख सरावगीले महानगरपालिकाको वडा नम्बर १६ मा संघीय सरकारको सशर्त अनुदानमा निर्माण गरिएको विद्यालयको चारकोठे भवनको बुधबार उद्धघाटन गर्नुभएको हो । भवन उद्धघाटन गर्दै महानगर प्रमुख सरावगीले सामाजिक विकास  विकासको प्रारम्भिक चरण भएकोले सामाजिक विकासकालागि स्वास्थ्य र शिक्षा अनिवार्य भएको बताउनुभयो ।

 

उहाँले गुणस्तरीय शिक्षाकालागि स्वस्थ मानव र मस्तिष्क आवश्यक भएकोले महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई नै प्राथामिकतामा राखेको बताउनुभयो । पूर्वाधार संरचनाको अभावमा गुणस्तरीय शिक्षा पाउनबाट महानगरापालिका वासी बञ्चित नहोउन भन्ने विषयमा आपूm चिन्तित रहेको बताउनुभयो ।

 

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्रधानाध्यापक गोपाल प्रसाद महतो लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि महानगर प्रमुख सरावगीले सोही विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल समेत वितरण गर्नुभएको छ ।

 

प्रदेश सरकारको “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ”अभियानअन्तर्गत उपलब्ध साईकल विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको हो ।राष्ट्रिय माध्यामिक विद्यालय नगवाका ४६ जना छात्रालाई साईकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद महतोले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.