logo

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २ गते ०४: २४ मा प्रकाशित     129   पटक पढिएको

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतवार एक सूचना जारी गर्दै आम नागरिकलाई नियमहरू कडाईका साथ पालना गर्न अनुरोध गरेका छन्।

प्रशासनले पटका ओसारपसार, बिक्री–वितरण र प्रयोग (पट्काउने कार्य) पूर्ण रूपमा निषेध गरेको छ।


पटकाबाट निस्कने ठूलो आवाजले मानिसको स्वास्थ्यमा पर्ने असर, समाजमा उत्पन्न हुने भय र आगलागीको सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जारी निर्देशनअनुसार, देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइनेछ।


९ बजेपछि हुने वा गराइने देउसी–भैलो कार्यक्रम तत्काल बन्द गरिने चेतावनी प्रशासनले दिएको छ।

 

त्यसैगरी, चाडपर्वका नाममा हुने जुवातास र सट्टाबाजी जस्ता कार्यहरू पूर्ण रूपमा प्रतिबन्धित गरिएका छन्। प्रशासनले जुवातासले परिवारको आर्थिक अवस्था कमजोर पार्ने र समाजमा झै–झगडा निम्त्याउने भएकाले यस्ता कार्य नगर्न÷नगराउन अनुरोध गरेको छ।

 

छठ पर्वको सन्दर्भमा, नदी, ताल, तलाउमा हुने पूजापाठबाहेक खुला ठाउँमा आयोजना गरिने मेला–पर्व राति १० बजेभित्र सम्पन्न गर्नुपर्नेछ।

 

साथै, प्रशासनले नागरिकलाई मादक पदार्थ सेवन नगर्न, व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राखी माछामासु, चिल्लो र गुलियो पदार्थ सीमित मात्रामा मात्र सेवन गर्न सुझाव दिएको छ।

त्यसैगरी, अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन पनि निषेध गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी सुवेदीले नियमहरूको उल्लङ्घन गर्नेहरूमाथि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएका छन्।

parsa_cdo.jpg

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.