logo

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १ गते ०४: १२ मा प्रकाशित     555   पटक पढिएको

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

 

विद्यार्थीमा उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरूलाई विद्यालय पोशाक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकारी दिए।

 

 उनका अनुसार विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई विद्यालय आउन प्रेरित गर्ने र सबै विद्यार्थीमा एकरूपता कायम गर्न यो पहल गरिएको हो।

 

अध्यक्ष यादवाले  शिक्षा क्षेत्रमा सुधार र विद्यार्थीहरूका लागि आवश्यक सहयोग निरन्तर गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले विद्यालय पोशाकले विद्यार्थीमा अनुशासन, समानता र अपनत्वको भावना जगाउँदै शैक्षिक वातावरणलाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

 

दीपावली र छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। 

 

गाउँपालिकाले हालका वर्षहरूमा शिक्षा पूर्वाधार, छात्रवृत्ति र सिकाइ सुधारका थुप्रै पहलहरू गर्दै आएको छ।

 

 अध्यक्ष यादवका अनुसार गाउँपालिकाले ‘सबैका लागि शिक्षा, गुणस्तरीय शिक्षा’ भन्ने लक्ष्यका साथ आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने तयारी गरेको छ।कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख भरत गिरी लगायतका समाजका बिभिन्न अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.