logo

स्व.कोइरालाको स्मृतिमा रक्तदान , एक महिला सहित ६० जनाले गरे रक्तदान

      7/5/2021 गते 00 00 मा प्रकाशित     794   पटक पढिएको

जी.पी कोईरनला फाउण्डेशन पर्साले नेपाल पूर्व प्रधानमन्त्रि तथा नेपाली काग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।

 

रक्तदान जीवन दान भन्ने नाराको साथमा  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा अकासमिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका छन  ।  

 

गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले  श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

 

रक्तदान कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गर्नु भएको थियो । कार्यक्रममा  नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता,प्रकास उपाध्याय,वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल,श्याम कुमार पोख्रेल,नरेन्द्र साह,विजय पौडेल  फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की  लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सिहले गगर्नु भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.