logo

सर्लाहीमा खेलाले बगाएर दूई र पोखरिमा डुबेर थप दुई गरि चारको ज्यान गयो

      7/5/2021 गते 00 00 मा प्रकाशित     811   पटक पढिएको

सर्लाहीमा खोलाले बगाएर दुई जना र पोखरिमा डुवेर थप दुई गरि चार जनाको ज्यान गएको छ । 

आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका ४५ वर्षीय रामचन्द्र महतोको खोलाले बगाएर मृत्यु भएको हो । रामचन्द्र र उनकी श्रीमती ४० वर्षीया रहन्ती देवीको  महोतरीको कान्ती बजारबाट चटपटे बेचेर घर फर्किने क्रममा बाँके खोलाले बगाएको प्रहरीले जनाएको छ ।

 

रामचन्द्रको शव खोलाले बगाएको स्थानभन्दा करिव ५०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ । खोलाको बीचमा अड्किएकी रहन्ती देवीलाई भने प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरेका छन् ।

 

यस्तै, कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार साढे ५ बजे घर छेउको पोखरीमा डुबेर पाँच वर्षिया गुड्डी कुमारी रायकोे मृत्यु भएको हो ।

 

आइतबार दिउँसो पौने ३ जबे बलरा नगरपालिका–७ डुमरियामा भारतीय नम्बर बिआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटोमा खेलिरहेका स्थानीय कल्याण मण्डलका आठ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको छ ।

 

त्यसैगरी, गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा नुहाउने क्रममा बगी खोलाले बगाएर सोही ठाउँकी १३ वर्षीया रिभा हजारीको मृत्यु भएको हो ।

 

उनलाई आइाबर बिहान साँढे १० बजेतिर खोलाले बगाएर बेपत्ता पारेकोमा रिभाको प्रहरी र गाउँले मिलेर खोजी गर्ने क्रममा घटनास्थलबाट करिव ५०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.