logo

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

 इसीमाना सम्वाददाता     २०८२ असोज २७ गते ०२: २३ मा प्रकाशित     518   पटक पढिएको

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

 

 विपन्न पारिवारिक पृष्ठभूमिका केवटले एनजीओ संचालन गरेर जनकल्याण र सामाजिक जनचेतना अभियानका नाममा करोडौं रकमको लेनदेन गरी फर्जी बिल बनाएर अनियमितता गरेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बताइएको छ।

 

स्थानीय स्रोतका अनुसार, केवटले आफ्नो दरिद्र जीवन छोडेर साढे तीन तले अत्याधुनिक भवन निर्माण गराएका छन । दैनीक आधा किलो खसीको मासु कुकुरलाई खुवाउने गरी चर्को जीवनशैली देखाउन थालेका छन ।


उजुरीमा जनाइएको छ कि पर्सा डेभलपमेन्ट, बिन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल, एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट, सामुदायिक सिकाई केन्द्र र सूर्योदय तालिम केन्द्र लगायत अन्य संस्थाहरूसँग जनचेतना जगाउने नाममा करोड़ौँ रुपैयाँको फर्जी बिल र भौचर बनाएर उनले भूक्तानी लिएका छन । 

 

अहिलेसम्म, अख्तियारबाट कुनै आधिकारिक प्रतिक्रिया प्राप्त नभएको बताइएको छ। स्थानीय राजस्व कार्यालय, पालिका कार्यालय र केवटका सहयोगीहरुले पनि सो कुरा अन्वेषण गर्नुपर्ने बताएका छन।

 

जनविश्वाशमा ठेस पुगेको र अदालत वा नियामक निकायहरुले छिट्टै कारवाही गर्ने अपेक्षा व्यक्त गरिएको छ। भ्रष्टाचार र अनियमितता बिरुद्धको जेनजी आन्दोलनमा भएको बलिदानीको जगमा निर्माण भएको सुशासन पक्षधर सरकारले  पालिकाका अध्यक्ष , कार्यकारी प्रमुखलाई वीरगंजका होटेलमा सुराको आपूर्ती गराएर जनचेतनामुलक कार्यक्रमको नाममा सामानको आपूर्तीको नाममा गरिएको अनियमितताको छानवीन हुने जनबिश्वास रहेको छ ।

 

अमोद केवटले भने एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट मात्र आफ्नो संस्था भएको बताएका छन । उनले अन्य संस्थासंग आफ्नो सम्बन्ध नरहेको दावी गरेको छ । उनले पोखरियामा अख्तियारले छापा मारेपछि त्यहाका कर्मचारीको खातामा रकम ट्रान्सफर भएको आधारमा आफूलाई सोधपुक्षकालागि बोलाएको बताएका छन । अख्तियारमा मुद्धा परेको हो भन्ने प्रश्नमा उनले त्यस्तो बताएका हुन ।

 

उनको खाताबाट पनि कर्मचारीको खातामा रकम गएको उनले स्वीकार गरेका छन । उनले एक संस्थाले एक आर्थिक वर्षमा १० लाख बन्दा बढीको कारोवार गर्न नपाउने बताउदै आफू बिरुद्धको अनियमितताको आरोप सत्य नभएको दावी गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.