logo

कपडा बैंकद्वारा दशैको अवसरमा  शुभकामना आदानप्रदान एवं कपडा वितरण

 इसीमाना सम्बाददाता     २०८२ असोज १० गते ०७: ०० मा प्रकाशित     493   पटक पढिएको

 वीरगन्ज । दशैको अवसरमा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा निःशुल्क कपड़ा वितरण गरेको छ।

 

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान साढे दशबजदेखी  ५ बजे सम्म आफ्नै कार्यालय वीरगन्ज  ८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले दशै पर्वको अवसरमा शुक्रवार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ९ सय ५० थान कपड़ा वितरण गरेको सचिव कन्हैया पटेलले बताए  ।

May be an image of 4 people, crowd and text
सो अवसरमा प्रमुख अतिथि बैंकका वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले मानवीय सेवाको कार्यहरुमा  सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिनदुःखी असहायको सेवा सहयोगमा दान गर्नु पर्ने बताए  ।  मानवको सेवा नै सर्वोत्तम धर्म भएको  बताउदै दशै पर्वको सबैलाई बधाइ शुभकामना ब्यक्त गरेका थिए । 


वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  अधिवक्ता प्रकाश उपाध्याय , समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत,श्रवण बहादुर रायमाझी,रुपशिला जैसवाल ,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राम बिनोद झा ,उपाध्यक्ष प्रकाश थारु,सदस्यहरु निला कुमारी राम,जानकी देवि,हरेन्द्र पटेल,नवराज भट्टराई ,केदार गुप्ता,राजेश श्रीवास्तव,राहुल सिंह राजपुत , उज्ज्वल कुमार महरा लगायत पत्रकारहरु शम्भु महतो थारु,अजित भुजेल,राज सर्राफ,निरन्जन साह, सन्तोष कुश्वाहा,अर्जुन चौधरीको सहभागिता रहेकों सचिव पटेलले बताए ।

 

सो अवसरमा अध्यक्ष सिंहले मानवीय सेवामा कार्यरत बैकलाइ सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार ,पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गर्दै दशै पर्वको देश विदेशमा रहेका सम्पुर्णलाइ बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.