logo

मधेस प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट सञ्चालन, शान्ति–सुरक्षामा शान्ति–सुरक्षा र अपराध नियन्त्रण प्रथामिकता

 इसीमाना सम्बाददाता     २०८२ भदौ २० गते १२: ४२ मा प्रकाशित     588   पटक पढिएको

वीरगन्ज ।  नेपाल प्रहरी मधेस प्रदेश कार्यालय हालै वीरगन्जमा स्थापना भई सञ्चालनमा आएको छ।

 

 शुक्रबार पर्साका पत्रकारहरूसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईरालाले मधेसमा शान्ति–सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयको समन्वयकारी भूमिका रहने बताए।

 

उनका अनुसार मधेस प्रदेशका ८ वटै जिल्लाका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै अपराध रोकथाम, अनुसन्धान, नियन्त्रण र मानव संसाधन व्यवस्थापनमा कार्यालय सक्रिय रहनेछ। सामाजिक अपराध नियन्त्रण अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उनले बताए।

 

संघीयता कार्यान्वयनसँगै सन् २०७५ सालमा संघीय प्रहरी इकाइको रूपमा जनकपुरमा स्थापना भएको यस कार्यालयलाई २०७८ फागुन ५ गतेको मन्त्री परिषद्को निर्णयअनुसार हाल वीरगन्जमा स्थानान्तरण गरिएको हो।

 

एसएसपी कोईरालाले अपराधसम्बन्धी सूचना संकलन, विश्लेषण र फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “संघीय प्रहरी ऐन हाल जारी नभएकाले केही चुनौती छन्, तर ऐन जारी भएपछि प्रदेश प्रहरी कार्यालयको भूमिका र आवश्यकता अझ महत्वपूर्ण हुनेछ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.