logo

चोरी मात्र हैन, लागुऔषध कारोवारमा संलग्न वीरगंज १६ का  साहेबजान पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ भदौ १५ गते ०८: ०४ मा प्रकाशित     378   पटक पढिएको

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१६ का शेख साहेबजान मियाँ (मखु) लाई चोरी र लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।

 

भदौ ६ गते वीरगन्ज–१५ शिरोमणी टोलस्थित रामपुकार प्रसाद यादवको घरमा भएको चोरी घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घरधनी सविता कुमारी देवी बाहिर गएका बेला ताल्चा फोरी करिब २ लाख ५४ हजार ८ सय रुपैयाँसहित सुन–चाँदीका गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

 

सीसीटीभी फुटेजको आधारमा भदौ ८ गते पक्राउ परेका मियाँ यसअघि पनि पटक–पटक चोरीमा दोषी ठहर भई सजाय भोगिसकेको खुलेको प्रहरीले जनाएको छ।


अनुसन्धानकै क्रममा मियाँको कोठामा खानतलासी गर्दा प्रहरीले ९ किलो ८०९ ग्राम गाँजा, एक थान डिजिटल तराजु, सुन–चाँदीका विभिन्न गरगहना र स्रोत नखुलेको १५ लाख १५ हजार रुपैयाँ नगद बरामद गरेको छ।


हाल चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको र अब लागुऔषध कारोबारसम्बन्धी मुद्दामा समेत थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुई स्कारपियो ठोक्कियो ,सात घाइते

चन्द्रपुर। रौतहटको यमुनामाई गाउँपालिका–४ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन्।

मानवसेवा आश्रमको पहल , वीरगञ्जमा एक अज्ञात पुरुषको उद्धार

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.