logo

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

 इसीमाना सम्वाददाता     २०८२ भदौ १५ गते १२: ०८ मा प्रकाशित     572   पटक पढिएको

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

 

आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल  विज्ञ सदस्य जगत बस्नेत र मधेश प्रदेश संयोजक आरती भण्डारी आइतबार वीरगञ्जस्थित आयोगको कार्यालय पुगेका थिए।

 

त्यहाँ आयोगका जिल्ला पदाधिकारीहरूसँग भएको विशेष छलफलमा ठोरी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकामा दशैंअघि नै पुर्जा वितरण गर्ने योजना सार्वजनिक गरिएको हो।

 

अध्यक्ष रिजालले पुर्जा वितरण कार्यलाई आयोगले प्राथमिकतामा राखेको भन्दै लामो समयदेखि प्रतिक्षामा रहेका परिवारलाई दशै पर्वअघि नै खुसीको खबर सुनाइने बताए। “भूमिहीनको पीडा अन्त्य गरेर उनीहरूलाई कानुनी अधिकारसहितको जग्गा दिने हाम्रो प्रतिबद्धता छ,” उनले भने।

 

विज्ञ सदस्य बस्नेतले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगले चरणबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

 

 पर्सामा भूमिहीन, सुकुम्बासी र दलित समुदायलाई लक्षित गरेर थालिएको यो प्रक्रिया प्रभावकारी ढंगले अगाडि बढाइने आयोगका पअध्यक्ष तवरेज अहमदे जानकारी दिए ।

 

आयोगका अध्यक्ष रिजालले सो क्रममा गर्दै कार्यसम्पादनका क्रममा देखिएका विभिन्न चुनौती र समस्याबारे प्रत्यक्ष जानकारी लिएका छन्। बैठकमा जिल्ला समितिका पदाधिकारीहरूले स्थानीयस्तरमा भोगिएका अवरोध प्रस्तुत गर्दै तिनको समाधानका लागि आयोगसँग पहल गर्न आग्रह गरेका थिए।

 

छलफलका क्रममा आयोगका पदाधिकारीहरूले समस्याहरू समाधान गर्न आवश्यक पहल गरिने र भूमिहीन तथा प्रभावित परिवारलाई छिटो न्याय दिन प्रतिबद्ध रहेको बताएका छन्।

 

स्थानीय समितिले उच्चस्तरीय टोलीले दिएको आश्वासनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कामलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.