logo

मौलीक हकको उल्लंघन गर्ने सिद्धार्थ माध्यामिक बिद्यालय प्रशासनलाई कुनै पनि शुल्क र सहयोग नलिन महानगरको स्पष्ट निर्देशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १३ गते ०९: १० मा प्रकाशित     984   पटक पढिएको

वीरगंज ।  वीरगंज महागरपालिका शैक्षीक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले एक पत्र लेख्दै सिद्धार्थ माविका प्राध्यानाध्यापक बिनोम मेहतासंग बिद्यालयको हिसाव किताव माँग गरेका छन । 

पत्रमा  त्यस विद्यालयको व्यवस्थापकीय तथा पारदर्शिताको सम्बन्धमा आवश्क कुरा बुझ्नु पर्ने भएकोले तपाई  विनोद मेहता उक्त विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत रहनु भएदेखी  हालसम्म भए गरेका आर्थिक कारोबार खुल्ने गरी आय -व्ययको यर्थाथ विवरण बैंक स्टेटमेन्ट सहित यथाशिघ्र शैक्षिक प्रशासन महाशाखा, पेश गर्न अनुरोध गरेका छन ।

 

 साथै बिद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क र सहयोग नलिन समेत निर्देशीत गरेका छन । प्रधानाध्यापक मेहताले जुन बिद्यालयमा गएपनि अभिभावक र ब्यवस्थापन समितिको हवला दिदै बिद्यार्थी वा अभिभावकबाट शुल्क उठाउदै आएका छन ।

 

उनले देशको सम्बैधाकि प्रवन्ध र कानूनी ब्यवस्थाको खिल्ली उडाउदै शुल्क उठाउदै आएपनि सरोकारवाला निकायले हस्तक्षेप गरेको थिएन । यस पटक वडा नं १४ का अध्यक्षको पहलमा महानगरको शैक्षीक प्रशासन महाशाखाले शुल्क नलिन पत्र लेखेर मेहतालाई उनको गल्तीको महशुस गर्न स्पष्ट सन्देश दिएको छ ।

 

वीरगञ्ज महानगरपालिकाले विद्यालय प्रशासनलाई विद्यार्थीहरूबाट कुनै पनि शीर्षकमा शुल्क वा सहयोग रकम नलिन स्पष्ट निर्देशन दिएको छ। महानगरले शिक्षा सबैको अधिकार भएकाले कुनै पनि बहानामा अभिभावकलाई अतिरिक्त आर्थिक भार हाल्न नपाइने बताएको छ। 

महानगरको हस्तक्षेप पछि  श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक र स्थानीय वार्ड अध्यक्षबीच केही समयदेखि जारी विवाद अन्ततः समाधान भएको छ। महानगरको हस्तक्षेप पछि बिद्यालयको  विद्यालयको पठन–पाठन प्रभावित नहुने भएको छ।

 

नेपालको संविधानको धारा ३१ (शिक्षा सम्बन्धी हक) मा “प्रत्येक नागरिकलाई आधारभूत तहसम्म निःशुल्क शिक्षा प्राप्त गर्ने अधिकारलाई मौलीक हकको रुपमा सुनिश्चित गरिएको छ।

 

सोही आधारमा शिक्षा ऐन, २०२८ र सम्बन्धित कानूनी प्रावधानअनुसार आधारभूत तथा माध्यमिक तहसम्म सार्वजनिक विद्यालयहरूले निःशुल्क शिक्षा दिनुपर्ने कानूनी व्यवस्था रहेको छ। महानगरको निर्देशन संविधान र शिक्षा सम्बन्धी कानूनी संरचनासँग मेल खाने खालको छ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई विद्यालयको व्यवस्थापन र शिक्षा गुणस्तर सुधारको जिम्मेवारी दिएको छ। सोही अधिकार अन्तर्गत वीरगञ्ज महानगरले विद्यालयहरूलाई शुल्करहित शिक्षा प्रवाह गर्न निर्देशन जारी गरेको हो।

 

यो सहमति र निर्देशनसँगै विद्यार्थीहरूले अब सहज वातावरणमा शिक्षा प्राप्त गर्ने र विद्यालय प्रशासन शिक्षण–अध्यापन कार्यमा केन्द्रीत हुने विश्वास लिइएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.