logo

पत्रकार पासवानमाथि सशस्त्र प्रहरीद्वारा दुर्ब्यवहार महासंघले गरेको कारवाहीको माँग

      6/6/2021 गते 00 00 मा प्रकाशित     919   पटक पढिएको

पत्रकार श्याम पासवान माथि भएको दुर्ब्यवहारको बिरुद्ध नेपाल पत्रकार महासंघ सहितका बिभिन्न संस्थाले बिज्ञप्ति जारी गरेका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले बिज्ञप्ति जारी गर्दै राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष  श्याम पासवानमाथी भएको दुर्ब्यवहारको निन्दा गर्नु भएको छ ।

जेठ २२ गते  समाचार संकलनका लागि जानकी टोलाको दसौता तर्फ जानु भएका पासवानलाई सोही ठाउमा डियुटीमा खटेको सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले  अभद्र व्यवहार गरेका थिए ।

 

 पत्रकार पासवानको मोवाइल खोसी फोटो र भिडियो डिलिट गरेर सशस्त्र प्रहरीले पत्रकारलाई निरुत्साहित गर्न खोजेको महासंघ पर्साका सचिब भुषण यादवद्वारा जेठ २३ गते जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै बदला लिने उद्देश्यले गरिएको अभद्र व्यवहारले सशस्त्र प्रहरीको व्यवसायिक निष्ठामाथी प्रश्न उब्जाएको बिज्ञप्तिमा उल्लेख छ ।

 

महासंघले आगामी दिनमा पत्रकारमाथीको अभद्र व्यवहार दोहोरिएमा असह्य हुने बताउँदै दोषी सशस्त्र प्रहरीमाथी कारवाही गर्न माग गरेको छ ।

 

 प्रेस संगठन पर्सा, नेपाल फोटो पत्रकार महासंघ पर्सा नेपाल प्रेस युनियन पर्सा र नेपाल चलचित्र पत्रकार संघ पर्सा र राष्ट्रिय दलीत पत्रकार संघ पर्साले बिज्ञप्ति जारी गरि दोषी प्रहरीलाई कारवाही गर्न माँग गरेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.