logo

किसानको आन्दोलनका कारण पछि हट्यो लालबन्दी नगरपालिका

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते १०: ५९ मा प्रकाशित     655   पटक पढिएको

लालबन्दी । लालबन्दी नगरपालिकाले तरकारीमा लगाएको निकासी कर फिर्ता लिएको छ । करका कारण निकासी नै रोकिएपछि आक्रेशित किसान आन्दोलनमा उत्रे पछि नगरपालिका पछि हटेको हो ।

 

 

निकासी करका कारण व्यापारीले तरकारी खरिद नगरेपछि आक्रोशित किसानहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

 

 किसानको आन्दोलनका कारण नगरपालिका आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।यद्धपी नगरपालिकाको दीगो बिकासकोलागि निकासी कर लगाउनु नजायज भने होइन । 

आइतबार बिहानैदेखि, व्यापारीले तरकारी नकिनेको भन्दै किसानहरूले लालबन्दी बजार क्षेत्रमा प्रदर्शन गरेका थिए ।

 

 उनीहरूले बिक्रीका लागि ल्याएको टमाटर, बोडीलगायत तरकारी सडकमै तेर्स्याएर पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प पारेका थिए । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको किसानहरूको भनाइ थियो ।

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन र हजारौँ यात्रु राजमार्गमै अलपत्र परेका थिए । लामो दूरीका सवारीको लामले लालबन्दी बजार अस्तव्यस्त बनेको थियो भने यात्रुले दिनभर सास्ती खेप्नुपरेको थियो ।

 

लालबन्दी नगरपालिकाले साउन १ गतेदेखि तरकारी निकासी गर्दा कर लगाउने निर्णय गरेको थियो  ।

 

 
साउन २ गते बसेको नगर कार्यपालिकाको बैठकले नै ‘अर्को व्यवस्था नहुन्जेलका लागि’ कर स्थगन गर्ने निर्णय गरेको  छ । नगरपालिकाको यो निर्णयसँगै बजार तथा राजमार्ग सुचारु भएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.