logo

नेपाल पत्रकार ममहासंघ मधेश प्रदेश समितिलाई जग्गा प्राप्त, भब्य कार्यालय निर्माण हुने

 इसीमाना सम्बाददाता     २०८२ सावन ४ गते ०३: २० मा प्रकाशित     784   पटक पढिएको

वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश शाखाले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठीको ४ कठ्ठा जग्गा आफ्नो भवन निर्माणका लागि प्राप्त गरेको छ। यो उपलब्धि पत्रकार महासंघका लागि एउटा महत्वपूर्ण  मानिएको छ।

 


गुठी संस्थाले कानुनी प्रक्रियाअनुसार आह्वान गरेको बोलपत्रमा महासंघको प्राविधिक र आर्थिक प्रस्ताव स्वीकृत भएपछि यो जग्गा प्राप्त भएको हो।

 

 गुठी संस्थान जनकपुरअन्तर्गत रहेको श्री राम मन्दिर गुठीको उक्त जग्गा महासंघलाई लिजमा उपलब्ध गराउने निर्णय केन्द्रीय गुठी संस्थानले गरेको छ।

 

जग्गा प्राप्ति पछि अध्यक्ष बन्जाराले सामाजिक संजाल मार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोग, सुझाव र पत्राचार अमूल्य रहेको जनाएका  छन। 

 

जग्गा प्राप्त भएपछि अब भव्य भवन निर्माण प्रक्रिया अघि बढ्ने महासंघका अध्यक्ष श्याम प्रसाद बञ्जाराले जानकारी दिए।

 

 उनका अनुसार, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

 

अध्यक्ष बञ्जाराले यो उपलब्धि कठिन परिश्रम र निरन्तर प्रयासको प्रतिफल भएको बताउँदै यसमा योगदान पु¥याउने केन्द्रीय समिति, विभिन्न नेताहरू, पत्रकार र शुभचिन्तकहरूलाई आभार व्यक्त गरे।

 

उनले जग्गा प्राप्तिको क्रममा केही आन्तरिक विरोध र आलोचना भए पनि त्यसले आफूहरूलाई थप दृढ बनाएको र सफलताको शिखरमा पुग्न प्रेरित गरेको उल्लेख गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.