logo

वीरगन्ज महानगरपालिकालाई शिवशक्ति उद्योगद्वारा पौने सात लाखको खाद्यन्न सहयोग 

      6/1/2021 गते 00 00 मा प्रकाशित     836   पटक पढिएको

वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको छ ।

 

कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

 

राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय लिटर तेल गरी ६ लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई मंगलबार उद्योगका प्रतिनिधि महेशजंग पाण्डे लगायतको टोलीले हस्तान्तरण गरे ।

 

महानगरपालिका परिसरमा नै पुगेर उद्योगका प्रतिनिधिहरुले उक्त परिमाणको खाद्यान्न राहत स्वरुप सहयोग गरेको हो । महामारीको संकटका बेला विपन्न गरिब परिवारलाई अभाव हुन नदिने महानगरपालिकाले विभिन्न संघ संस्था निःशुल्क भोजन वितरण गर्दै आएको छ ।

 

महानगरक्षेत्रमा सडक पेटीमा अलपत्र परेका र निषेधाज्ञाले प्रभावित परिवारहरुलाई छाक टार्न समस्या भएकाहरुलाई क्याट पर्सा ,साहिव दरवार सेवा संस्था, समपर्ण सेवा संस्था, रेलवे कटेज, १०० ग्रुप्स लगायतका संस्थाहरुले निःशुल्क भोजन गराई रहेका छन् ।

 

उनीहरुलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । शिवशक्ति उद्योग प्रालिले गतबर्ष भएको लकडाउनमा पनि प्रभावित विपन्न परिवारका लागि खाद्य सामग्री सहयोग गरेको थियो ।

 

यसपटक पनि लामो समयसम्म निषेधाज्ञा हुँदा आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गहरुलाई भोको बस्न नपरोस भनेर सहयोग गरेको उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले बताउनु भयो ।

 

राहत सहयोग ग्रहण गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महासंकटको बेला सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिदै यस्तो संकटको अवस्थामा एउटाको मात्रै मुख ताकेर नहुने सबैले सकेको सहयोग गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताउनु भयो  ।

 

महानगरपालिकाले नगर क्षेत्रमा निषेधाज्ञाबाट प्रभावित गरिब विपन्नहरुलाई वडा वडामा निःशुल्क भोजनको व्यावस्था गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिईसकिएको र त्यसको सोधभर्ना महानगरपालिकाले गर्ने पनि बताउनु भयो  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.