logo

रजिया फाउण्डेशनद्वारा आधारभूत बिद्यालय बिन्दवासीनमा खानेपानी प्रणाली जडान

 इसीमाना सम्बाददाता     २०८२ सावन २ गते ०१: २१ मा प्रकाशित     957   पटक पढिएको

वीरगंज । रज़िया स्मृति प्रतिष्ठानको सहयोगमा विद्यालयमा खानेपानी प्रणाली जडान भएको छ । 

 


बिन्दवासीनी गाउँपालिकाको वडा नं ३ मा रहेको स्काउट आधारभूत विद्यालयमा  प्रतिष्ठानको  खानेपानी प्रणाली जडान गरिएको हो ।

May be an image of 5 people and text

खानेपानीको ब्यवस्थित आपूर्तीले  विद्यार्थीहरू, शिक्षकहरू र सम्पूर्ण विद्यालय परिवारलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने प्रतिष्ठानका अध्यक्ष तवरेज अहमदे बिश्वास ब्यक्त गरे ।

शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष अहमदले उक्त खानेपानी प्रणालीको औपचारिक उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई हस्तान्तरण गरेका हुन्।

 

 विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाका अनुसार यस प्रणालीबाट करिब ५ सय विद्यार्थी र शिक्षक–शिक्षिकाहरू लाभान्वित हुनेछन्।

यसमा विद्युतीय पानी तान्ने मोटर, १ हजार लिटर क्षमताको पानी ट्याङ्की, पिउने पानीका लागि ५ वटा धारा र शौचालयका लागि ७ वटा अतिरिक्त धारा समावेश छन्।

खानेपानी प्रणालीको जडानले बिद्यार्थीको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्ने अहमदको बिश्वास छ।

 

२०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा नं ५ धोवीनी माइत भएकी रजीया अहमदको दाइजो नदिएकै कारण भारतको दिल्लीमा  हत्या भएको थियो ।

May be an image of 8 people

उनैको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले खानेप्रणाली जडान गरेकोमा नेकपा एमालेका नेता सलाउदिन अहमदले प्रतिष्ठानलाई आभार ब्यक्त गरेका छन ।

 

उनले स्वच्छ पिउने पानीको  उपलब्धता बिद्यार्थीहरुकालागि आवश्यक थियो प्रतिष्ठानले त्यो आवश्यकता पुरा गरेकोमा उनले खुशी ब्यक्त गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.