logo

निषेधाज्ञा उललंघन गरेको आरोपमा १४ ब्यापारी पक्राउ,पसल नखोल्ने प्रतिवद्धता पछि रिहा

      5/31/2021 गते 00 00 मा प्रकाशित     930   पटक पढिएको

प्रहरीले स्थानीय प्रशासनको आदेश उल्लंघन गर्ने बीरगंजका केही पसल संचालकहरुलाई पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उलंघन गरी पसल खोल्ने सञ्चालकहरुलाई पक्राउ गरेको हो ।


वीरगञ्जको  आकाश इन्टरनेशनल पसलका आषिश गुप्ता, बी एण्ड बी होटेलका गोपाल तामाङ, डिलाई गो रेष्टुरेन्टका प्रिन्स श्रीवास्तव र सन्देश जैसवाल,विशाल ट्रेडर्सका सुरज गुप्ता,   श्रेष्ठ टेलर्सका सोनू श्रेष्ठ, पिपा सेन्टरका मनिष गुप्ता, नमी ट्रेडर्सका नसिम अख्त्तर, नेहा भिजन ईलेक्ट्रोनिक्सका बलराम प्रसाद सोनार, वीरगञ्ज ईलेक्ट्रोनिक्सका रुपेश कुमार सर्राफ, पायल स्टुडियोका शेख नजिर,बालाजी पसलका बन्टीबाबु गुप्ता, मितेश ट्रेडर्सका भोला प्रसाद कलवार,  र बिकास तामाङलाईसम्झाईबुझाई छोेडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । 

 

निषेधाज्ञाको उलंघन गरी पसल तथा होटेल सञ्चालन गर्ने १४ जनालाई नियन्त्रणमा लिएर अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा छोडिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।  

 

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवा बाहेकका अन्य मालसामानहरुको पसल सञ्चालन गरेको सूचनाको आधारमा खटिएको प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।


स्थान्ीय प्रशासनले अत्यावश्यक बस्तुका पसल संचालनकोलागि बिहान ८ बजे सम्मकालागि समय सीमा निर्धारण गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.