logo

बिपन्नसंग मदन भण्डारी, चार परिवारको गृह प्रवेश, संविधान सभा सदस्य यादवले गरे उद्घाटन, नागरिकको अनुहारमा छायो खुशी

 इसीमाना सम्वाददाता     २०८२ असार २७ गते १२: ३२ मा प्रकाशित     603   पटक पढिएको

वीरगंज  । संबिधान सभाका सदस्य बिचारी यादवले बिपन्न पाँच नागरिकलाई शुक्रवार गृह प्रवेश गराएका छन । 

विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम, अन्तर्गत वीरगंज महानगरपालिका २३ प्रसौनी बिर्ता टोलमा निर्माण भएका घरहरुमा यादवले  उद्घाटन गरेर उनीहरुलाई गृह प्रवेश गराएका हुन।

 

संबिधान सभाका सदस्य एवं नेकपा एमाले वीरगंज महानरका ईन्चार्ज बिचारी यादवले चार वटा घरका नागरिकलाई गृह प्रवेश गराउन पाउदा खुशी लागेको बताए ।

 

स्थानीय बिराज पासवान,बुनिलाल पासवान, ज्योति दास र रुषा पासवानको परिवार नयाँ घरमा प्रवेश गरेको हो । गृह प्रवेश गरेका  मध्ये तीन जना  एकल महिला र एक जना अति बिपन्न हुन  ।

नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष समेत रहेका यादवले मधेश प्रदेशका भौतिक पुर्वाधार  मन्त्री सरोज कुमार यादवको सहयोगमा पहिलो चरणमा ५ वटा घर पास भएको र तिमध्ये चार वटा घरकोआज उद्घाटन गरिएको र एउटा घरको काम अन्तिम चरणमा रहेकोले एक हप्ता भित्र सो घरको पनि  उद्घाटन गरिने बताए ।

 

यादवले अबको केहि महिना पछि वडाको तिनवटै टोलमा घर निर्माणको काम अघि बढाईने बताए । उनले तीवटै टोलबाट वडा कमिटी मार्फत नाम संकलनको काम भईरहेको र नाम संकलन पश्चात अन्य प्राबिधिक काम अघि बढाईने बताए ।कुल ५लाख ३५ हजारको लागतमा घरहरु निर्माण भएको यादवले बताए । घर निर्माण भएपछि निकै खुशी लागेको गायत्री देवी पासवानले बताइन । 

 

घरबिहिनलाई घर दिने एमाले पार्टीलाई उनीहरुले धन्यवाद समेत दिएका थिए । 


सो अवसरमा नेकपा एमाले मधेश प्रदेशका सदस्य मेघराज पासवान, जिल्ला कमिटी सदस्य एवं वडा ईन्चार्ज लक्ष्मी पराजुली वडा अध्यक्ष अवधकिसोर कुशवाहा,नेकपा एमालेका ईकाई कमिटी अध्यक्ष एवं वडा सदस्य लालबाबु यादव,  ,एमालेका युवा नेता भोला यादव, रवि कुशवाहा,राकेश साह लगायतको उपस्थिति रहेको  थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.