logo

बिपन्नसंग मदन भण्डारी, चार परिवारको गृह प्रवेश, संविधान सभा सदस्य यादवले गरे उद्घाटन, नागरिकको अनुहारमा छायो खुशी

 इसीमाना सम्वाददाता     २०८२ असार २७ गते १२: ३२ मा प्रकाशित     362   पटक पढिएको

वीरगंज  । संबिधान सभाका सदस्य बिचारी यादवले बिपन्न पाँच नागरिकलाई शुक्रवार गृह प्रवेश गराएका छन । 

विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम, अन्तर्गत वीरगंज महानगरपालिका २३ प्रसौनी बिर्ता टोलमा निर्माण भएका घरहरुमा यादवले  उद्घाटन गरेर उनीहरुलाई गृह प्रवेश गराएका हुन।

 

संबिधान सभाका सदस्य एवं नेकपा एमाले वीरगंज महानरका ईन्चार्ज बिचारी यादवले चार वटा घरका नागरिकलाई गृह प्रवेश गराउन पाउदा खुशी लागेको बताए ।

 

स्थानीय बिराज पासवान,बुनिलाल पासवान, ज्योति दास र रुषा पासवानको परिवार नयाँ घरमा प्रवेश गरेको हो । गृह प्रवेश गरेका  मध्ये तीन जना  एकल महिला र एक जना अति बिपन्न हुन  ।

नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष समेत रहेका यादवले मधेश प्रदेशका भौतिक पुर्वाधार  मन्त्री सरोज कुमार यादवको सहयोगमा पहिलो चरणमा ५ वटा घर पास भएको र तिमध्ये चार वटा घरकोआज उद्घाटन गरिएको र एउटा घरको काम अन्तिम चरणमा रहेकोले एक हप्ता भित्र सो घरको पनि  उद्घाटन गरिने बताए ।

 

यादवले अबको केहि महिना पछि वडाको तिनवटै टोलमा घर निर्माणको काम अघि बढाईने बताए । उनले तीवटै टोलबाट वडा कमिटी मार्फत नाम संकलनको काम भईरहेको र नाम संकलन पश्चात अन्य प्राबिधिक काम अघि बढाईने बताए ।कुल ५लाख ३५ हजारको लागतमा घरहरु निर्माण भएको यादवले बताए । घर निर्माण भएपछि निकै खुशी लागेको गायत्री देवी पासवानले बताइन । 

 

घरबिहिनलाई घर दिने एमाले पार्टीलाई उनीहरुले धन्यवाद समेत दिएका थिए । 


सो अवसरमा नेकपा एमाले मधेश प्रदेशका सदस्य मेघराज पासवान, जिल्ला कमिटी सदस्य एवं वडा ईन्चार्ज लक्ष्मी पराजुली वडा अध्यक्ष अवधकिसोर कुशवाहा,नेकपा एमालेका ईकाई कमिटी अध्यक्ष एवं वडा सदस्य लालबाबु यादव,  ,एमालेका युवा नेता भोला यादव, रवि कुशवाहा,राकेश साह लगायतको उपस्थिति रहेको  थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.