logo

पर्साका डिएसपीले गैर ब्यवसायीघ काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले बनायो छानविन समिति

      5/27/2021 गते 00 00 मा प्रकाशित     767   पटक पढिएको

प्याथो सर्जिकलमा कार्यरत अफरोज अहमद माथि भएको कुटपीटको घटनाको बिषयमा प्रदेश प्रहरी कार्यालय जनकपुरले छानवीन गर्ने भएको छ।घटना १२ गते बिहान भएको थियो  ।

 


बीरगंज वडा नं ८ मा प्याथो सर्जिकल हाउसमा प्रवेश गरि जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद कार्कीले त्याहा कार्यरत  अफरोज अहम्मदलाई  कुटपीट गरेको घटनालाई छानवीन गर्न प्रदेश प्रहरी कायाृलय जनकपुरले एउटा समिति बनाएको छ । 

 


प्रदेश प्रहरी कार्यालय जनकपुरका  एसपी कृष्ण प्रसाईको संयोजकत्वमा घटनाको छानवीन गर्न समिति बनाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले बताउनु भयो । प्रदेश प्रहरी कार्यालयले जेठ १३ गते एउटा बिज्ञप्ति जारी गरि बीरगंजमा भएको गैर ब्यवसायीक घटनाको छानवीन गरि दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारवाही गरिने जनाएको छ । 

 

जेठ १२ गते   बिहान  पर्सा प्रहरीका डिएसपी प्रह्लाद कार्की १६ दिनदेखि जारी निषेधाज्ञा कडा बनाउन बजार अनुगमनमा निस्के । त्यस क्रममा उनी वीरगन्ज महानगरपालिकाको वडा नम्बर .८ स्थित बजार क्षेत्रमा  खुल्ला रहेका किराना पसल बन्द गराउन जुटे। किराना पसल बन्द गराउदाको मोवाइल बाट भिडियो  रेकर्ड गरेको आशंकामा डिएसपी कार्की  प्याथो सर्जिकल हाउसमा प्रवेश गरेका थिए । बिहान १० बजेर २१ मिनेटमा उक्त मेडिकल पसलमा प्रवेश।उहाँले  उनले पसलमा रहेका अफरोज अहम्मदलाई निर्घात कुटपिट गर्नु भयो।

 

छेउको किराना पसल बन्द गराइरहनु भएको थियो, यही बेला मेरो स्टाफ पसल खोल्न आयो। पसलको सटर खोल्दै ऊ भिडियो कलमा कुरा गरिरहेको थियोु, सर्जिकल हाउसका प्रमुख करण पटेलले भन्नु भयो “डिएसपी साुबलाई भिडियो खिचे जस्तो लागेछ,उहाँ एकाएक पसलमा आएर सोध्दै नसोधी कुटपिटमा उत्रिनु भयो।

 

पसल सञ्चालक पटेलका अनुसार डिएसपी कार्कीले लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइल समेत खोसेर लगेको अहमदले बताउनु भयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी  बेलबहादुर पाण्डेले गल्ती नै भएको स्वीकार गर्नु भएको छ । ‘लकडाउनमा कडाइ गर्न खोज्दा यो घटना भएको हो । यसमा अर्को कुनै नियत नरहेको प्रष्ट पार्दै यस्ता घटना हुन नदिने गरि सच्याउने बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.