logo

पर्साका डिएसपीले गैर ब्यवसायीघ काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले बनायो छानविन समिति

      5/27/2021 गते 00 00 मा प्रकाशित     928   पटक पढिएको

प्याथो सर्जिकलमा कार्यरत अफरोज अहमद माथि भएको कुटपीटको घटनाको बिषयमा प्रदेश प्रहरी कार्यालय जनकपुरले छानवीन गर्ने भएको छ।घटना १२ गते बिहान भएको थियो  ।

 


बीरगंज वडा नं ८ मा प्याथो सर्जिकल हाउसमा प्रवेश गरि जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद कार्कीले त्याहा कार्यरत  अफरोज अहम्मदलाई  कुटपीट गरेको घटनालाई छानवीन गर्न प्रदेश प्रहरी कायाृलय जनकपुरले एउटा समिति बनाएको छ । 

 


प्रदेश प्रहरी कार्यालय जनकपुरका  एसपी कृष्ण प्रसाईको संयोजकत्वमा घटनाको छानवीन गर्न समिति बनाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले बताउनु भयो । प्रदेश प्रहरी कार्यालयले जेठ १३ गते एउटा बिज्ञप्ति जारी गरि बीरगंजमा भएको गैर ब्यवसायीक घटनाको छानवीन गरि दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारवाही गरिने जनाएको छ । 

 

जेठ १२ गते   बिहान  पर्सा प्रहरीका डिएसपी प्रह्लाद कार्की १६ दिनदेखि जारी निषेधाज्ञा कडा बनाउन बजार अनुगमनमा निस्के । त्यस क्रममा उनी वीरगन्ज महानगरपालिकाको वडा नम्बर .८ स्थित बजार क्षेत्रमा  खुल्ला रहेका किराना पसल बन्द गराउन जुटे। किराना पसल बन्द गराउदाको मोवाइल बाट भिडियो  रेकर्ड गरेको आशंकामा डिएसपी कार्की  प्याथो सर्जिकल हाउसमा प्रवेश गरेका थिए । बिहान १० बजेर २१ मिनेटमा उक्त मेडिकल पसलमा प्रवेश।उहाँले  उनले पसलमा रहेका अफरोज अहम्मदलाई निर्घात कुटपिट गर्नु भयो।

 

छेउको किराना पसल बन्द गराइरहनु भएको थियो, यही बेला मेरो स्टाफ पसल खोल्न आयो। पसलको सटर खोल्दै ऊ भिडियो कलमा कुरा गरिरहेको थियोु, सर्जिकल हाउसका प्रमुख करण पटेलले भन्नु भयो “डिएसपी साुबलाई भिडियो खिचे जस्तो लागेछ,उहाँ एकाएक पसलमा आएर सोध्दै नसोधी कुटपिटमा उत्रिनु भयो।

 

पसल सञ्चालक पटेलका अनुसार डिएसपी कार्कीले लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइल समेत खोसेर लगेको अहमदले बताउनु भयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी  बेलबहादुर पाण्डेले गल्ती नै भएको स्वीकार गर्नु भएको छ । ‘लकडाउनमा कडाइ गर्न खोज्दा यो घटना भएको हो । यसमा अर्को कुनै नियत नरहेको प्रष्ट पार्दै यस्ता घटना हुन नदिने गरि सच्याउने बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.