logo

प्रभु हस्पिटलको सेवामा विरामीहरू सन्तुष्ट, हामीले पैसा फिर्ता गरेका छैनौः डा.गुप्ता

      5/26/2021 गते 00 00 मा प्रकाशित     2871   पटक पढिएको

प्रभु हस्पिटलले महामारीमा विरामीहरूको उच्चस्तरीय सेवा दिएर विरामीहरूलाई सन्तुष्टि पारेको जनाएको छ । 


यता उपचार गराएका बिरामीले शुल्क धेरै लियो भनेर कुनै गुनासो नगरेको प्रभू अस्पतालको ब्यवस्थापनले जनाएको छ  ।

अस्पतालले उपचार वा अन्य सेवा शुल्क बढी लिएको भनेर कुनै विरामीले हामीलाई कहिल्यै गुनासो नगरेको अस्पतालका निर्देशक डा. मनोज गुप्ताले बताउनु भएको छ ।

 

कोभिड महामारीको बेलामा चिकित्सक स्वास्थ्यकर्मी र सफाईकर्मीको ज्यान जोखिममा राखेर उपचार सेवा दिदै आएका उहाँले बताउनु भयो । धेरै जना निको भएर घर फर्किनु भएको छ उहाँहरुले धन्यवाद दिनु भएको छ, अवस्था हेरेर छुट समेत गरेको उहाँले स्मरण गराउनुभयो । 


उहाँले नीजि अस्पतालको सेवा यो बेला सरकारीको तुलनामा महगो रहेको कुरा तथ्यपूर्ण रहेको बताउनु हुँदै नियमनकारी निकायलाई निजी अस्पतालले लिने शुल्कको बारेमा अनुगमन गरेर त्यसलाई नियमित बनाउन समेत आग्रह  गर्नुभयो । 

 


उहाँले बिभिन्न संचार माध्यममा आएका बिल सहितका शुल्क सम्बन्धी समाचारमा टिप्पणी गर्दै समाचारले नागरिकलाई सचेत गराएकोमा त्यसलाई सकारात्मक रुपमा लिने बताउनु भयो ।

 

उहाँले समाचारले सचेतना जगाउदा सम्म त ठिकै हुन्छ  तर त्यो भन्दा बढी नियतबस अस्पताल र चिकित्सकको बदनाम गर्ने  उद्धेश्य प्रेरित भयो भने त्यसको बिश्वसनीयता माथि प्रश्न उठने बताउनु भयो । 


उहाँले अस्पतालले  कुनै पनि प्यासेन्ट पार्टीलाई पैसा फिर्ता नगरेको र त्यस्तो केहि कुरा समेत नभएको प्रष्ट पार्नु भयो । प्यासेन्ट पार्टीले खुशी भएर पैसा तिरेर गएका छन ।

 

बिरामी ठिक भएकोमा धन्यवाद दिएका छन उहाँले भन्नुभयो  बिरामीलाई कसरी ठिक पार्ने भन्नेमै हाम्रो बुद्धी बर्कत अनुभव सीप लागेको हुन्छ हाम्रो यो परिश्रम त उहाँहरुले पनि देख्नु भएको छ नी  । 


उहाँले बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले अस्पताललाई पैसा फिर्ता गर्नुभनेर कुनै निर्देशन नदिएको समेत प्रष्ट पार्नु भयो । महानगर प्रमुखले अन्य हस्पिटलले फिर्ता गरेकालाई प्रभु हस्पिटलको नाम राखेर बदनाम गराउन खोजिएको बताउनुभयो । 


यता प्रभू अस्पतालको बिषयमा आजै सम्पन्न डिसीसीएमसीको बैठकमा बिलिङ्ग खुलाएर लेखाउन लगाउने मात्रै कुरा भएको पर्साका निम्ति प्रमुख जिल्ला अधिकारी भिमदत पौडेलले बताउनु भयो । बीरगंज महानगरका प्रमुख बिजय सरावगीले पनि प्रभू अस्पतालको बिषयमा कुनै टिप्पणी नगरेको प्रष्ट पार्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.