logo

हिन्दु स्वंयसेवक संघ द्धारा मानवीय उद्धार कार्यमा थप सेवा विस्तार गर्दै निशुल्क औषधी बैंक संचालन  

      5/25/2021 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोरोना संक्रमित भएका विरामीहरुलाई निशुल्क रुपमा औषधी उपलब्ध गराउँन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ ।

वीरगन्ज १६ बाईपास ( माँ बैष्णो मन्दिर ) नजिक रहेको हिन्दु स्वंयसेवक संघको कार्यालय (केशवधाम भवन) बाट निशुल्क रुपमा कोरोना संक्रमितहरुको लागि औषधी वितरण कार्य शुरु गरेको हो  ।

औषधी बैंकको उदघाट्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभयो । औषधी बैंकको उदघाट्न गर्दै मेयर सरावगीले संघले महामारी जस्तो गम्भिर परिस्थितीमा पनि आफनो स्वास्थ्यको ख्याल नगरी मानवीय सेवालाई थप निरन्तरता दिएको प्रति अभार प्रकट गर्नु भयो  ।

संघले संचालनमा ल्याएको औषधी बैंकमा कोरोना संक्रमित देखिएका विरामीहरुको लागि फुल प्याकेज औषधी निशुल्क उपलब्ध गराइने छ । कोरोना संक्रमित भएको रिपोर्ट वा चिकित्सकको सल्लाह अनुसारको विरामीलाई २४ औं घण्टा औषधी उपलब्ध गराउँने संघले जनाएको छ ।

आवश्यक परे घरमै पुगेर विरामीलाई औषधी उपलब्ध गराउँने छौ, जनकपुर सम्भागका कार्यवाहले भन्नुभयो े, कुनैपनि व्यक्तिलाई औषधी उपचार र भोजनको अभाव हुन दिदैनौ, हामी जति सक्छौ निशुल्क औषधी र भोजनको व्यवस्था मिलाउँछौ ।

संघले यसअघि पनि वीरगन्जको विभिन्न क्षेत्रमा लकडाउँनबाट प्रभावित व्यक्तिलाई राहत तथा निशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको छ । नेशनल मेडिकल कलेजको कोरोना अस्पताल नगवामा  रहेको विरामीहरुको आफन्त कुरुवाहरुलाई दैनिक विहान र बेलुका निशुल्क भोजन तथा आवासको व्यवस्था मिलाएको छ ।

संघले कही कतै कोही कोरोना संक्रमित ब्यक्ति वा परिवार छन जसलाई (औषधि, भोजन, वा अन्य कुनै पनि प्रकारको) सेवाको आवश्यकता छ भने कृपया सम्पर्क नम्बर ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन गरी वा गराइदिन हुन अनुरोध समेत गरेको छ ।

सूचना पाएपछि निरन्तर खटिरहेका स्वयंसेवक क्रमश, सुरज अवस्थी, कृष्ण आर्चाय, कृष्णमोहन सहाय, सनी मुखिया, लक्ष्मण चौधरी, नौनित बराल, नरेश सर्राफ, कृष्ण चौरसिया, मोनु कलवार, रुपेश हाँस्दा, सुभाब जी लगायतले त्यसको ब्यवस्थापनमा सहयोग गर्ने संघले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.