logo

अस्पतालले भर्ना नलिदा बीरगंजमा एम्बुलेन्समै एक युवतीको मृत्यु

      5/25/2021 गते 00 00 मा प्रकाशित     946   पटक पढिएको

उपचार अभावमा रौतहटको गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ बर्षिया समिना कुमारी वि.कको सोमवार  राती मृत्यु भएको छ । 
मृगौलाको समस्याबाट पीडित बि.क.लाई डायलासिस गाराउनु पर्ने थियो तर बीरगंजमा अस्पताललहरुले भर्ना नलिएपछि उनको एम्बुलेन्समै मृत्यु भएको हो । नारायणी अस्पतालमा मृगौला रोगीकालागि ७ वटा डायलासिस मेशीन रहेको छ । त्यस मध्य कोभिड बिरामीकालागि दुई वटा र अन्यकालागि ५ वटा मेशिन छुट्टयाइएको छ ।

 

तर कोभिडका लागि छुट्टयाएको मेशीन बिग्रिएको मेडिकल सुपरिटेण्डेण्ट डा.बीरेन्द्र प्रधानले बताउनु भयो । अस्पतालले डायलासिस गर्नु पर्ने बि.क.को भर्ना नलिएकै कारण उनको ज्यान गएको बुबा चित्र बहादुर बिश्वकर्माले आरोप लगाउनु भयो ।

 

बीरगंजका ४ वटा अस्पताल चाहर्दै राती ९ नौ बजे नेशनल मेडिकल कलेजमा पुर्यार भर्ना गर्न खोज्दा उनको मृत्यु भइसकेको चिकत्सकले घोषणा गरेका थिए । 

मृगौलाको समस्याबाट पीडित किशोरीलाई शुरुमा गण्डक स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गर्न लगिएको थियो । त्यहाँ आधा घण्टा राखेर भर्ना नलिएपछि उहाँलाई वीरगन्जको बसपार्क नजिकैको भवानी हस्पिटलमा लगियो ।

 

भवानीले पनि भर्ना नलिएपछि  नारायणी अस्पतालमा लगिए थियो । नारायणी सरकारी अस्पताल हो त्याहा पनि  भर्ना लिन नमानेपछि किशोरीलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो ।

मेडिकल कलेजमा पुर्‍याएपनि त्यहाँका चिकित्सकले बाटोमा एम्बुलेन्स मै मृत्यु भईसकेको बताएको कोभिड एक्सन टिम क्याटका सदस्य एवं पत्रकार अमित अग्रवालले बताउनुभयो ।

 

 नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन डा. बीरेन्द्र प्रधानले भने  नारायणी अस्पतालबाट ती किशोरीलाई फिर्ता नगरिएको बरु अस्पतालमा भर्ना लिएर उपचार गर्ने तयारी हुदैगर्दा एम्बुलेन्सबाट नै उनलाई ननिकाली अन्य अस्पतालमा लगिएकोको बताउनु भयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.