logo

नारायणीमा गुटबाजी हावी,सिनियर डाक्टर हुदा हुदै जुनियरलाई जिम्मेवारी

      5/25/2021 गते 00 00 मा प्रकाशित     2675   पटक पढिएको

कोरोना संक्रमतिको उपचार र व्यवस्थापनमा सक्रिय रुपले खटेका डा.सरोज रोशन दासको जिम्मेवारी खोसिएको छ । कोभिड संयोजकको सहायकको रुपमा काम गर्न नमानेपछि उनी अहिले कोरोना फोकल पर्सन बनेका छन् ।

 

यसअघि उनी कोभिड कोअर्डिनेरकै रुपमा सूचनाहरु दिइरहेका थिए । उनको जिम्मेवारी डा.उदय नारायण सिंहले पाएका छन् । यसैगरि कोभिड संयोजक डा.एनामुल हकलाई पनि जिम्मेवारीमुक्त गरिएको छ ।

 

डा.सिंहलाई नै अस्पताल प्रशासनले कोभिड संयोजक समेत नियुक्त गरेको छ । डा.उदय नारायण सिंह ८ औ“ तहका हुन् भने डा. दास ९ औ र डा.हक १० औ तहका चिकित्सक हुन् ।  


    राम्रै काम गरिरहेका एउटा सिनियर डाक्टरलाई एक्काशी हटाएर एउटा जुनियर डाक्टरलाई जिम्मेवारी दिएपछि नारायणी अस्पतालमा काम गर्ने वातावरण न रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत हप्ता डा.बिरेन्द्र प्रधान अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका थिए ।

 

१० औ तहका प्रधान निमिक्त भएको ४ दिनभित्रै आफू निकट रहेका डा.सिंहलाई संयोजक नियुक्त गरेका हुन् । मंगलबार काठमाडौ गएका डा.प्रधानले ८ औ तहका डा.सिंहलाई निमिक्त मेसुको जिम्मेवारी समेत सुम्पेका छन् ।

 

‘डा.दासले गर्दै अँएको काम प्रति आजसम्म कसैले गुनासो गरेका छैनन्,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘दिनरात नभनि जिम्मेवारी पुरा गरेकै थिए, अस्पतालमा त्यति धेरै सिनियर डाक्टर छन्, तर, गुटबाजीका कारण एउट जुनियरलाई संयोजक र निमिक्तको जिम्मेवारी दिइएको छ ।’ 


    नारायणी अस्पतालमा ९ औ, १० औ र ११ औ तह सम्मका चिकित्सकहरु कार्यरत छन् । ती सबै सिनियर चिकित्सकलाई परिचालन गर्न ८ औ“ तहको जुनियर चिकित्सकलाई नियुक्त गरेपछि अस्पतालमा गुटबाजी हावी रहेको पुष्टि भएको छ ।

 

‘अहिले महामारीको समयमा उच्च मनोबलका साथ काम गर्ने बेला छ,’ अस्पताल विकास समितिका एक पदाधिकारी भन्छन्, ‘तर, अहिले जसरी सिनियरहरुलाई पाखा लगाएर जुनियरलाई जिम्मेवारी दिइएको छ, त्यसले डाक्टरहरुको काम गर्ने क्ष्ँमतामा ह्रास पु¥याउ“छ ।’ अस्पताल स्रोतका अनुसार डा.सिंह पटक–पटक झै झगडामा संलग्न हुदै आएका छन् ।

 

गत पुस महिनामा अस्पतालको चिकित्सक बैठक कोठामा एकजना युरोलोजिस्टको नियुक्तको विषयमा डा.सिंहले डा.एनामुल हकसंग हात हालाहाल गरेका थिए । ‘आफ्नो डाक्टर साथीको भाईको नियुक्तीको विषयमा डा.सिंहले निहु खोजेपछि हाता हाला भएको थियो,’ नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सक भन्छन्, ‘हामीले हस्तक्ष्ँप गरेर स्थितीलाई सामान्य पारेका थियौ“ ।’ त्यसअघि टाउन हलमा पनि डा.सिंहकै संलग्नतामा डाक्टरहरुको समूहबीच कुटाकुट भएको थियो । त्यसबेला वडा प्रहरी कार्यालय विर्ताको टोली पुगेर स्थितीलाई सामान्य बनाएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.