logo

अस्पतालहरुलाई अक्सिजनको आपूर्ती ब्यवस्था मिलाउन प्रशासनको निर्देशन, क्याटले उधोगको अनुगमन गर्ने

      5/18/2021 गते 00 00 मा प्रकाशित     822   पटक पढिएको

 बीरगंजमा सचालीत अस्पतालहरुलाई बिरामीलाई चाहिने अक्सिजनको आपूर्ती ब्यवस्था आफैले मिलाउन स्थानीय प्रशासनले निर्देशन दिने निर्णय गरेको छ ।

 

अस्पतालहरुले बिरामीका आफन्तलाई नै अक्सिजनको ब्यवस्थापन गर्न लागाउने कुरा सार्वजनीक भएपछि यास बिषयमा कोभिड एक्शन टिमले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएपछि प्रशासनले यस्तो निर्देशन दिने भएको हो । 


टिम र पार्सका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका वीचमा मंगलवार सम्पन्न बैठकमा  कोभिड १९ एक्सन टिम (क्याट) ले कोरोना भाइरसको संक्रमणको “चेन”लाई रोक्न आफनो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ । 


टिमले  पर्साले बुधवारदेखि वीरगञ्जमा अक्सिजन उत्पादन हुने अक्सिजन उद्योगहरुको अनुगमन गर्ने भएको छ । कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि क्याटले अनुगमन गर्ने र मागअनुसारको आपूर्तिको व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको क्याटका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमदले जानकारी दिनु भयो  ।

 

जिल्ला प्रशासन कार्यालयमा क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारीको अध्यक्षतामा बसेको बैठकले अनुगमन तथा व्यवस्थापनमा सक्रिय भएर वीगञ्जलाई कोरोना भाइरस संक्रमणमुक्त बनाउने निर्णय गरेको छ ।

 

कोरोना संक्रमितको उपचार भइरहेको वीरगञ्जस्थित नारायणी अस्पताल, नेशनल मेडिकल कलेजको स्वामित्वमा रहेको अस्थाई कोभिड अस्पताल लगायतको अनुगमन र नागरिकको गुनासोलाई समेटेर तयार पारिएको सुझाव पत्र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई बुझाइएको अहमदले जानकारी दिनु भयो। 

 

नेपाली काङ्ग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका  सञ्जिव मिश्र, माओवादी केन्द्रका बाबुराम कौशिक, क्याट सदस्य एवम् पत्रकार महासङ्ह सदस्य अमित अग्रवाल सहितको सहभागितामा बसेको बैठकले अस्पतालहरुको व्यवस्थापनमा सुधार गर्नुका साथै अक्सिजनको अभावलाई परिपूर्ति गर्नुपर्ने निस्कर्ष निकालेको छ ।


बैठकको क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले कोभिड १९ को महामारीमा क्याटले गरेका कार्यहरुको सह्राना गर्दै एकअर्कासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.