logo

नाटकीय शैलीलाई अंगालेको गणेश लाठको क्षमदान भब्य समारोहवीच बिमोचन  

      3/7/2021 गते 00 00 मा प्रकाशित     905   पटक पढिएको

इसीमाना सम्वाददाता
बीरगंज २३ फाल्गुण २०७७

बीरगंजका उद्यमी तथा साहित्यकार गणेश लाठको अर्को कृति क्षमादान उपन्यासको बीरगंजमा आयोजीत एक भब्य कार्यक्रमकावीच बिमोचन गरिएको छ ।

 

बीरगंजको र्जन भवनमा आइतवार आयोजना गरिएको एक भब्य कार्यक्रममा साहित्यकार मुकुन्द अचार्य, भूषिता बशिष्ठ, सुजैन मास्के बालगोपाल थापा र गणेश लाठले संयुक्त रुपमा पुस्तकको बिमोचन गर्नु भएको हो । 


पाठशाला नेपालले आयोजना गरेको कार्यक्रममा भूसिता बशिष्ठ र क्षमादानका लेखक गणेश लाठका वीचमा अन्तरसम्वाद गरिएको थियो । लाठ लेखनमा कसरी आउनु भयो ।

उहाँका कृतिका पात्रहरुको चयन र प्रस्तुतीमा के कस्तो प्रभाव रह्यो । एउटा ब्यवसायी साहित्य सृजनामा लाग्दा समाज साथीभाईले दिने प्रतिक्रिया कस्ता रहे र क्षमदान कुन परिवेशमा कसरी लेखियो भन्ने बिषयमा अन्तरसम्बाद  गरिएको थियो ।

 

अन्तरसम्वाद निकै रोचक भएको सहभागिहरुले बताए । स्रोताहरुको तर्फबाट पनि लेखक लाठ संग दोहोरो सम्वाद भएको थियो । उहाँका पहिलाका कृतिहरुसंग समबन्धीत रहेर पाठकले जिज्ञासाहरु राख्नु भएको थियो । 
पाठशालाका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार चन्द्रकिशोरले उपन्यासको बारेमा टिप्पणी गर्नु भएको थियो । के.सी.लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा पाठशाला नेपालका कोषध्यक्ष  बीरेन्द्र शाहले धन्यवाद मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


उपन्यासले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । यो पुस्तक पब्लिकेसन्स नेपालयले २०२१ मा प्रकाशित गरेको पहिलो कृति हो ।

 

प्रजातन्त्र स्थापना कालपछिको नवोदित शहर बिरगंजमा हुर्किएका लाठको बाल्यकाल चलचित्रको सानिध्यमा बित्यो । लाठलाई सिनेमाले अपनाउने कथावाचन र त्यसले गर्ने प्रभावकारी अपीलले निकै प्रभावित बनायो । त्यसैले क्षमादान किताबले त्यही नाटकीय शैलीलाई अंगालेको छ ।

 

लाठका अन्य कृतिमा पनि त्यासको प्भाव देखिन्छ । लाठको पछिल्लो एउटा कृति छमिया पनि त्यसबाट अछुतो छैन । भारतीय फिल्म शोलेमा गब्बर सिंहले बोलेको एक सम्वादमा परेको यो शब्द उहाँको कृतिको शिर्ष नाम बनेको छ ।   


नेपाली बजारका निम्ति गणेशप्रसाद लाठको पुस्तक क्षमादानको मूल्य रू ४९५ तय गरिएको छ । किताब देशका प्रमुख पुस्तक पसलहरूमा सहज उपलब्ध हुनेछ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.