logo

आदिवासीले पहिचान जोगाउन मातृभाषा संरक्षणमा विशेष जोड दिनुपर्छः अध्यक्ष शेर्पा

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०४: ३४ मा प्रकाशित     325   पटक पढिएको

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषामा विशेष जोड दिनुपर्ने बताएका छन् । 


नेपाल मगर संघले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले त्यस्तो बताएका हुन् । 


पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले भने, ‘हाम्रो मूल कुरा भनेकै मातृ भाषा हो । मातृभाषा रह्यो भने हामी रहन्छौँ ।

मातृभाषा नै रहेन भने हामी कसरी रहन्छौ ? आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषामा कार्यक्रम सञ्चालन गरेको भए कति उत्प्रेरणा मिल्थ्यो । त्यसैले हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ । हाम्रो मुटु भनेकै मातृभाषा हो ।’


संस्कार, संस्कृति, भेषभूषा सँगै मातृभाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाई थियो । 
नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएपनि त्यसको प्रतिफल भने अन्य समुदायले उपभोग गर्दै आएको बताए । 


अनेक बहानामा उल्टै आदिवासी जनजातिका प्राकृतिक अधिकारहरू खोस्ने कार्य भइरहेको भन्दै उनले यसमा सचेत हुन आवश्यक रहेको बताए ।

‘आदिवासी जनजाति समुदाय प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्छ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन समेत हुँदैन’, अध्यक्ष शेर्पाले भने, ‘तर अहिले विभिन्न बहानामा अधिकार खोस्ने प्रयत्न भइरहेको छ । यसमा हामी समयमै सचेत हुन आवश्यक छ ।’


पछिल्लो समय संविधान संशोधनको चर्चा भइरहेको भन्दै उनले संविधान संशोधन गर्दा आदिवासी जनजातिले पाएको अधिकार पनि खोस्ने षड्यन्त्र हुनसक्ने बताए । संविधान संशोधन हुँदा प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि पहलकदमी हुनुपर्ने उनको भनाई थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.