logo

भोलेण्टियर समूहद्वारा डाक्टर नीरा पाठकको विदाई तथा सम्मान 

      12/28/2020 गते 00 00 मा प्रकाशित     856   पटक पढिएको

वीरगन्ज, १३ पुस । भोलेन्टियर समूह बिरगंजद्वारा नारायणी अस्पतालका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई सम्मान  गरेको छ ।  बिरगंजमा कोरोना महामारीको आरम्भ समयदेखि नै  जोखिमपूर्ण घडिमा अग्रपंक्तिमा रहेर पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम अतुलनीय भुमिका निर्वाह गर्नुभएका कन्सल्ट्याण्ट प्याथोलोजिष्ट डा. निरा पाठकलाई एक कार्यक्रम बीच आज  सम्मान गरेको हो ।

बिरगंजको होटल कन्ट्रि ईनमा (आज) सोमबार भोलेन्टियर समुह बिरगंजका संयोजक राजन श्रीवास्तवको अध्यक्षतामा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि पर्सा प्रहरीका प्रहरी उपरीक्षक गङ्गा पन्तले  डा. निरा पाठकलाई अबिर फुलमाला र सम्मान–पत्र दिएर सम्मान गर्नु भएको थियो । होटेल तथा पर्यटन  व्यवसायी सघ पर्साका अध्यक्ष हरि पन्तले मायाको चिनो दिएर सम्मान गर्नु भएको थियो ।

त्यसैगरि प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, होटल तथा पर्यटन व्यवसायी सघ पर्साका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, पत्रकार सुरेश बिडारी लगायत भोलेन्टियर समुहका टिमले अबिर लगाई डा. पाठकको सफल कार्यको लागि  शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रममा जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, हेमा थापा मानन्धर, शिवनाथ यादव, सन्चारकर्मी अजित भुजेल, कबिता खड्का लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन मन्तव्य हरि पन्त र कार्यक्रमको  सहजीकरण रायन कायस्थले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.