logo

लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायताकालागि बीरगंज महानगरले दियो पाँच लाख

      12/26/2020 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

लैगिङ हिंसामा परेका महिलाहरुको सहयोगार्थ पहिलो पटक कोष स्थापनाका लागि पहल शुरु भएको छ । हिंसामा परेका महिलाहरुको पुर्नस्थापनामा आर्थिक अभाव भएको र लैंगिक हिंसा न्यूनिकरणकामा चुनौती देखिएपछि लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायताको एकीकृत प्रयासको थालनी भएको हो ।

 

वीरगन्जमा शनिबार आयोजना गरेको ‘लैंगिक हिंसा न्यूनीकरण एवं पीडित सहायता एकीकृत प्रयासको अपरिहार्यता’ विषयक दुईतहका सरकारसँगको गोष्ठीमा वीरगन्ज महानगरपालिकाले लैंगिक हिंसा न्यूनिकरण जिल्ला सञ्जाल समितिको कोषमा ५ लाख रुपैंया नगद हस्तान्तरण गरेको छ ।

 

महानगरपालिकाका मेयर विजय कुमार सरावगीले समितिकी संयोजक जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

 

 

मेयर विजय कुमार सरावगीले अहिले व्यावस्थापनको लागि कोषमा पाँच लाख रुपैया हस्तान्तरण गरेको बताउदै एकीकृत सहायता केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराईदिने र त्यसमा संघ र प्रदेश सरकारले भवन निर्माण गरिदिनुपर्ने बताउनु भयो । त्यसको व्यावस्थापनको पाटो भने स्थानीय तहले गर्नुपर्ने उहाँको भनाई थियो।  

 

नगरप्रमुख जनकल्याणकारी योजनाको बक्ति जडान


 वीरगन्ज माहानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको जनकल्याणकारी योजना अन्तर्गत शुरु गरिएको उज्यालो वीरगंज अभियानले तीब्रता पाएको छ ।

 

अभियान अन्तर्गत शनिबार वीरगन्ज महानगरपालिकाको घण्टाघर चोकदेखि पावरहाउस चोक सम्म मुख्य सडकमा बत्ति जडान गरिएको छ ।

 

वीरगन्ज महानगरपालिका क्षेत्रलाई उज्यालो राख्ने अभियान अन्तर्गत महानगर प्रमुख सरावगीको जनकल्याणकारी कोषबाट बत्ति जडान शुरु गरिएको हो । नगर प्रमुख सरावगीले विभिन्न स्थानमा टावर लाईटको पनि जडान गरेका छन् ।

 

अहिले मुख्य सडकमा बत्ति जडान गरिएको महानगर प्रमुखको सचिवालयले जनाएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.