logo

चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

      12/26/2020 गते 00 00 मा प्रकाशित     811   पटक पढिएको

 चित्रगुप्त समिति बीरगंजद्वारा कायस्थ युवाहरुको संगठन  चित्रान्स युवा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  ।

हाल कोरोना रोगको संक्रमण सहित बढ्दो जाडोको कारण रक्तदान कार्यक्रममा कमी भएको हुदा रक्तसञ्चार केन्द्रलाइ बिरामीहरुलाइ रगत बितरणमा कठिनाइ भएको हुँदा रक्तसञ्चार केन्द्रकै समन्वयमा  आकस्मिक रक्तदान कार्यक्रम गरिएको  कार्यक्रम संयोजक राजन श्रीवास्तवले जानकारी दिनु भयो ।

आकस्मिक रक्तदान कार्यक्रमको प्रमुख अतिथि  बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, बिशिस्ट अतिथि  चित्रगुप्त समितिका अध्यक्ष महेस दास, नेपाल नेत्रज्योती संघका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, पत्रकार महासघका अध्यक्ष श्याम बन्जारा, नारायणी अस्पतालका अध्यक्ष पुरेन्द्र किसोर लाभ, चित्रान्स युवा समितिका राजन श्रीवास्तवले रक्तदान गर्ने रक्तदातालाइ रक्तसन्कलन गर्ने ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा महानगरप्रमुख सरावगीले  जीवनको सबै भन्दा ठूलो दान रक्तदान रहेको चर्चा गर्दै रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।  कार्यक्रममा रितिक श्रीवास्तव, रश्मि कायस्थ, राहुल श्रीवास्तव, मिना चौरासीया, मिनु मानन्धर, रोहित बिक्रम टनटन, बैकुण्ठ श्रीवास्तव, रतन सरार्फ, लिसा कर्ण, प्रतिभा कर्ण, साक्षी श्रीवास्तव, स्वेता शिह, अदिती सिह, रयान कायस्थ, सुमित आनन्द, प्रबल खड्का, चन्दन श्रीवास्तव, खुस्बु यादव, निलम कर्ण, सुश्मिता श्रीवास्तव, सोनु कलवार लगायत ११ महिला सहित ५१ जनाले आकस्मिक रक्तदान गरेका हुन भने रक्तदान गर्नेलाई फुलको माला, कदरपत्र र मधुशाला खाजा घरको २० छुट्को कुपन सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रहरि उपरीक्षक गङा पन्त, नेपाली काङ्ग्रेसका जिल्ला सभापति अजय दुबेदी, युवा नेता बैकुण्ठ श्रीवास्तव, डाक्टर लक्ष्मी थापा, डाक्टर आलोक दत्त, प्रहरी निरीक्षक राजेसराज पुरी, दिपक शाह, सुमन कार्की, समितिका प्रभु नारायण कर्ण, कमलेस दत्त, प्रभाकर गुप्ता, दिलिप कार्की, मनोज शाह, बिबेक कर्ण, अंंकिता कर्ण, शितल कर्ण, प्रभात श्रीवास्तव लगायतको सभागिता रहेको थियो भने रक्तसञ्चार केन्द्रका प्राबिधिक धिरेन्द्र झाको टोलिले प्राबिधिक सहयोग गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

उदाउदो सूर्यलाई अर्घदिने दिनमा मधेश प्रदेश सरकारले दियो बिदा

वीरगंज । मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.