logo

मेचीमहाकाली बुहारी संयुक्त आवाजको पहलमा चाँदनीले पाउनु भयो नागरिकता

      12/17/2020 गते 00 00 मा प्रकाशित     1229   पटक पढिएको

बिवाह भएको १० वर्ष सम्म नागरिकता नपाएकी एक महिलालाई नागरिकता पाउनु भएको छ । ०६७ सालमा शेख नजरे आलम संग बिवाह बन्धनमा बाँधिनु भएकी २२ वर्षिया चाँदनी खातुनले पतिको नामबाट नागरिकता पाउनु भएको हो । 

 


श्रीमानले बिवाह दर्ता तथा नागरिकता बनाउन चासो नदेखाए पछि चाँदनीले बिद्रोह गर्नु परेको थियो । उहाँले आफनो समस्याको बारेमा मेची महाकाली बुहारी संयुक्त आवाजका अभियान्ताहरुलाई आफनो समस्या बताउनु भएको थियो । सर्लाहीको हरिओन नगरपालिका वडा न. ११ निवासी चाँदनीले नागरकिता पाएकोमा खुशी ब्यक्त गर्नु भयो । 


श्रीमानले आफुलाई मादक पदार्थ सेवन गरी कुटपिट तथा गालीगलौज गर्ने गरेको  बुहारी संयुक्त आवाजकी सर्लाही सह कोषाध्यक्ष निषा बानियाँ ठकुरीलाई चाँदनीले बताउनु भएको थियो  । बानियाले यो समस्यालाई वडा अध्यक्ष सम्म पुर्याउनु भएको थियो । 


बुहारी संयुक्त आवाज र वडा अध्यक्षको सक्रियतामा मेचीमहाकाली बुहारी संयुक्त आवाजका सर्लाही जिल्ला सह सम्योजक अन्जना कडरीया, सह कोषाध्यक्ष निषा बानिया,सदस्य गीता राउत,अन्जना नेपाल,गंगा रायमाझी,सर्मीला बानीया,अनु ढुंगेलको पस्थितिमा आज उहाँको विवाह दर्ता गरी आजै नागरीकता बनाइ दिएको वडा अध्यक्ष रेजाले बताउनु भयो ।

 

त्यस्तै बुहारी संयुक्त आवाजकी सर्लाही सह संयोजक अन्जना पन्त कडरीयाले हिंसामा परेका महिलाहरुको उद्धार र न्यायका लागि नै बुहारीहरु एकजुट भएको भन्दै चाँदनी खातुन जस्ता हजारौं बुहारीहरुले सजिलै नागरीकता पाउनु पर्ने बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.