logo

शिक्षक दरबन्दी मिलानमा पठनपाठन प्रभावित हुनुहुदैनः मेयर सरावगी

      12/17/2020 गते 00 00 मा प्रकाशित     1299   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विद्यार्थीहरको पठनपाठनमा प्रभाव पर्ने गरी दरवबन्दी मिलान नहुने बताउनु भएको छ ।

 

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनिमील आवासक्षेत्र स्थित सिद्धार्थ माध्यामि विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख सरावगीले महानगरपालिकाले शिक्षक दरवन्दीको मिलान गरेर पर्सा जिल्लामा  एउटा ऐतिहासिक काम भएको दावी गर्नुभएको छ ।

 

यसले ग्रामीण क्षेत्रका विद्यालयहरुमा समेत पठनपाठनको लागि शिक्षकको व्यावस्थापनमा सहयोग पुगेको उहाँको भनाई छ । शिक्षक शिक्षिकाहरुको समस्याको बारेमा पनि आवश्यक सम्बोधन गरिने उहाँले बताउनु भयो  ।

 

विद्यालयको पठन पाठन विग्रिने गरी दरबन्दी कायम नगरिने बताउदै नगरप्रमुख सरावगीले जहाँ बढी दरबन्दी काटिएको छ  त्यहाँ उचित व्यावस्थापन गरिने र त्यसको लागि प्रधानाध्यापकले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

 

सिद्धार्थ माध्यामि विद्यालयमा निर्माण हुन लागेको चारकोठे भवनको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले यसअघि निर्माण सम्पन्न भएको तीनतले भवनमाथि दाताको सहयोगमा चारवटा कोठ  थप गर्ने जानकारी दिनुभयो ।

 

थपिने भवनको दुईकोठामा कक्षा कोठा र दुईवटा कम्प्युटर र विज्ञान प्रयोगशालाको लागि प्रयोग गरिने बताउनुभयो । उद्योगी राजु गाडियाको सहयोगमा पनि भवन निर्माण हुने वीरगन्ज महानगरपालिपकाकाले पनि थप चारवटा कोठमा बनाउने बताउनुभयो । शिलान्यास गरिएको भवन निर्माण सम्पन्न भएपछि बीचको पूरानो भवन भत्काउने र खेल मैदान बनाउने उहाँले बताउनुभयो ।

 

विद्यालयको आम्दानीको लागि अगाडि सडकतर्फ सटर बनाईने  र यसले विद्यालयको आयस्रोत पनि हुने उहाँको भनाई थियो । आउने दिनहरुमा  साधन स्रोतहरु आवश्यकता अनुसार उपलब्ध गराईने नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

वीरगन्जका उद्योगी व्यावसायीहरुलाई विद्यालयको पूर्वाधार विकासमा सहयोग पाउनकै लागि आग्रह गरेर व्यावस्थापन समितिमा राखिएको बताउदै अब प्राविधिक विद्यालय र कलेजको पनि स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

 

पूरानो आठकोठाको भवन पनि जीर्ण अवस्थामा रहेकोले त्यसलाई पनि पुर्ननिर्माण गर्न सकियो भने पर्याप्त पूर्वाधार हुने नगर प्रमुख सरावगीले बताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.