logo

थाहानगरमा उपभोक्ता हित संरक्षण मंच बन्यो अध्यक्षमा गोपाली चयन

      12/15/2020 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

उपभोक्ता अधिकारकर्मीहरुको आज सम्पनन भेलाले थाहानगर नगरपालिकामा उपभोक्ता हित संरक्षण मञ्चको नगर समिति निर्माण भएको छ ।

 

 भेलाले उपभोक्ता हित संरक्षण मंचको थाहानगर समितिको अध्यक्षमा शकुन्तला गोपालीलाई चयन गरेको छ ।  

उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर जिल्ला उपाध्यक्ष शान्ति सुवेदी (शिान्ति प्रिय बन्दना) को प्रमुख आतिथ्यमा मञ्चको थाहानगरमा कार्यसमिति गठन भएको हो ।

 

 नव गठित समितिको उपाध्यक्षमा दिनेश वल, सचिव ईच्छापुर्ण कार्की कोषाध्यक्ष उर्मिला गोपाली र सदस्यहरुमा हरि मगर, सुमन विष्ट र नारायण लामा चयन हुनु भएको छ । 

 

थाहानगरमा उपभोक्ताहरुको हितमा काम गर्न मञ्चको नगरस्तरिय संयत्र निर्माण गरिएको मञ्चकी मकवानपुर जिल्ला उपाध्यक्ष शान्ति प्रिय बन्दनाले बताउनु भयो  ।

 

 उपभोक्ताको हक र अधिकारको संरक्षण र प्र्वद्धनमा मंचले काम गर्ने उहाँको भनाई छ । उपभोक्ताले उपभोग गर्ने बस्तु र सेवा गुणस्तरीय हुनु पर्ने कुराको सुनिश्चितताकोलागि मंचले जिम्मेवार निकायलाई झन बढी जिम्मेवार बनाउनकालागि मंचले काम गर्ने उहाँको भनाई छ ।

 

 अध्यक्ष शकुन्तला गोपालीले कार्य समिति आवश्यक्ता अनुसार विस्तार गरिने र उपभोक्ताहरुको हितमा काम गर्न मञ्च क्रियाशिल हुने प्रतिक्रिया दिनु भयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.