logo

नेपाल मगर संघ बाराको भवन निर्माणको शिलान्यास 

      12/5/2020 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

वीरगन्ज, २० मंसिर । नेपालको प्रथम शाहीद लखन थापा मगर संग्रहालय तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति बाराको जिल्ला कार्यालय भवन निर्माणको शिलान्यास शनिबार भएको छ ।  

नेपाल मगर संघ बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा निर्माण गर्न लागेको भवनको नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष कमल पिठाकोटे मगरले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले मगरहरु एकजुट हुन नसक्दा धर्म, संस्कृति र संस्कार समेत हराउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मगर समुदाय संगठित हुन नसक्दा राज्यले पनि विभेद गरेको बताउनुभयो । छरिएका मगरहरुले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल मगर संघ बाराका अध्यक्ष यम बहादुर जर्घा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी महासंघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष रामदास धौंजु, नेपाल मगर संघ प्रदेश नम्बर २ का सदस्य पूर्ण आले मगर, नेपाल मगर संघ महेन्द्रनगर ईकाई अध्यक्ष हस्ता बहादुर आले, कोल्हवी ईकाई अध्यक्ष मन बहादुर राना मगर, सिमरा ईकाई अध्यक्ष दिल बहादुर क्याप्छाकी, पथलैया अध्यक्ष यज्ञ आले, परिवर्तन अभियान नेपालका अध्यक्ष विष्णु ढुंगाना,  लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.